एमाले अध्यक्ष ओली बैतडी आउँदै, सुदूरपश्चिमका तीन चुनावी सभालाई सम्बोधन गर्ने

एमाले अध्यक्ष ओली बैतडी आउँदै, सुदूरपश्चिमका तीन चुनावी सभालाई सम्बोधन गर्ने


  • सुरेश धामी, बैतडी

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज शुक्रबार बैतडी आउने भएका छन् । नेकपा एमाले जिल्ला कमिटी बैतडीको आयोजनामा पाटनमा हुने चुनावी आमसभालाई सम्बोधन गर्न अध्यक्ष ओली बैतडी आउन लागेका हुन्।

ओली आज दार्चुलाको खलंगामा आमसभा सम्बोधन गरेपश्चात दिउँसो बैतडीको पाटन हुँदै कञ्चनपुर पुगेर तीन वटा आमसभा सम्बोधन गर्ने तयारी रहेको बताइएको छ ।

अध्यक्ष ओली आउने भएपछि पाटन बजार र चुनावी आमसभा स्थल पाटनको खुल्लामञ्च अहिले सिंगारिएको छ । पाटनमा आयोजना हुने विशाल आमसभाका लागि सबै तयारीहरु पूरा भैसकेको एमाले बैतडीले जनाएको छ ।

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर राखिएको चुनावी आमसभालाई एमाले अध्यक्ष ओलीले सम्बोधन गर्ने बताइएको छ । ओलीको हातबाट टीका लगाएर धेरै मानिस एमाले प्रवेश गर्ने तयारीमा रहेको पनि बताइएको छ ।