प्रचण्ड भेट्न विवेक ओबराय पुगे खुमलटार

प्रचण्ड भेट्न विवेक ओबराय पुगे खुमलटार


नेपाल भ्रमणमा रहेका भारतीय अभिनेता विवेक ओबरायले माओवादी अध्यक्ष प्रचण्डलाई भेटेका छन् । आफ्ना बाबु सुरेश ओबरायसँगै आज खुमलटार पुगेर उनले प्रचण्डसँग भेट गरेका हुन् ।

प्रचण्डकी पुत्री तथा सचिवालय सदस्य गंगा दाहाल पनि भेटवार्तामा सहभागी थिइन् । उनले भेटघाटको फोटो सामाजिक सञ्जालमा पोस्ट गरेकी छन् ।