प्रधानमन्त्री प्रचण्ड भोलि मात्रै बालुवाटर सर्ने

प्रधानमन्त्री प्रचण्ड भोलि मात्रै बालुवाटर सर्ने


प्रधानमन्त्री प्रचण्ड भोलि बिहीबार मात्र सरकारी निवास बालुवाटार सर्ने भएका छन् । प्रधानमन्त्री बिहीबार बालुवाटार सर्ने तयारी भइरहेको प्रचण्डका प्रेस सल्लाहकार सूर्य किरणले जानकारी दिए ।

प्रचण्डले साइत हेरेर मात्र बालुवाटार सर्ने भन्ने कुरामा कुनै सत्यता नरहेको उनको जिकिर छ ।

सोमबार प्रधानमन्त्रीको शपथ ग्रहण गरेका प्रचण्ड हाल निजी निवास खुमलटारमै बसिरहेका छन् । उनले यसअघि बालुवाटारमा आफ्नो लागि भन्दै कुनै भड्किला सामान नकिन्न समेत निर्देशन दिएका थिए ।

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आजै बालुवाटार छाडेका छन् । उनी बालुवाटारबाट निजी निवास बुढानिलकण्ठ नगइ धुम्बाराहीस्थित भाडाको घरमा सरेका हुन् ।