डा. दीनमणि पोखरेल महान्यायाधिवक्तामा नियुक्त

डा. दीनमणि पोखरेल महान्यायाधिवक्तामा नियुक्त


राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवक्ता डा. दीनमणि पोखरेललाई महान्यायाधिवक्ता पदमा नियुक्त गर्नुभएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपतिले बुधबार पोखरेललाई महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको हो ।

‘राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम झिमरूक गाउँपालिका वडा नं. ४, प्युठान जिल्ला निवासी अधिवक्ता डा. दीनमणि पोखरेललाई नेपालको महान्यायाधिवक्ता पदमा नियुक्त गर्नुभएको छ,’ राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।