‘ठग’ नटरलाल पक्राउ

‘ठग’ नटरलाल पक्राउ


विभिन्न बहाना बनाउने तथा छुट्टाछुट्टै परिचय दिएर करोडौँको ठगी गर्दै आएका नटरलाल उपनामले परिचित दार्चुलाका पदमराज भट्टलाई प्रहरीले पक्राउ गरेको छ ।

बैंक तथा वित्तिय संस्थाको प्रमुख रहेको र त्यहाँबाट ऋण उपलब्ध गराइदिने बहानामा होस् वा अर्काको नामको जग्गा आफ्नो भन्दै बेचेर नक्कली पूर्जा दिने, महिलाको अश्लील भिडियो बनाइ बार्गेनिङ गर्ने जस्ता अपराधिक क्रियाकलापमा संलग्न भएको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार नटरलालले कैलाली, कञ्चनपुरलाई ठगी गर्ने मुख्य थलो बनाएका थिए । त्यसबाहेक उनले सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा पनि ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

दार्चुलाको लेकम गाउँपालिका–१ घर भएका नटरलाललाई धनगढी–३ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

हाल प्रहरीले नटरलालमाथि आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए । साथै, निज नटरलाल उपनाम गरेका पदमराज भट्टबाट ठगिएका व्यक्तिलाई प्रमाणसहित जिल्ला प्रहरीमा जाहेरी दिन पनि प्रहरीले आग्रह गरेको छ ।