मन्त्रिपरिषदले सोमबार नै पूर्णता पाउने प्रधानमन्त्रीको दाबी

मन्त्रिपरिषदले सोमबार नै पूर्णता पाउने प्रधानमन्त्रीको दाबी


प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषदले आज सोमबार नै पुर्णता पाउने बताएका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले सो मन्त्रीपरिषदले आजै पुर्णता पाउने बताएका हुन् ।

मन्त्रपरिषद बिस्तार, राष्ट्रपति र सभामुख चयनका बारेमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालकोटमा वार्ता भएको थियो ।

आफूलाई विश्वासका मत दिएका कारण नेपाली कांग्रेससँग पनि छलफल गर्ने मनस्थिति प्रधानमन्त्री प्रचण्डले बनाएका छन् । प्रधानमन्त्री दाहालले मंगलबार कांग्रेससहित सर्वदलीय बैठक पनि बोलाएका छन् ।