बालुवाटारमा बस्यो सत्ता साझेदारको बैठक, मन्त्रीहरुको सपथ मंगलबार

बालुवाटारमा बस्यो सत्ता साझेदारको बैठक, मन्त्रीहरुको सपथ मंगलबार


photo: rss

मन्त्रिमण्डल बिस्तार तथा भागबन्डा टुंगो लगाउन सत्ता साझेदार दलको बैठक बालुवाटारमा बसेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधान तथा गृह मन्त्री रवी लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सिके राउतलगायत उपस्थित रहेका बताइएको छ ।

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच सोमबार नै बालकोटमा भएको भेटवार्तापछि बालुवाटरमा सत्ता साझेदारको बैठक बोलाइएको हो ।

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच मन्त्रिपरिषद बिस्तार गर्ने सहमति भइसकेको छ भने सोमबार विमान दुर्घटनाको कारण सरकारले राष्ट्रिय शोक दिवस घोषणा गरेककोले मन्त्रिमण्डल बिस्तार सम्भव नभएको भन्दै मंगलबार नयाँ मन्त्रीहरुको सपथ गराउने अनौपचारिक सहमति भएको बुझिएको छ ।

स्रोतका अनुसार रास्वपालाई ३, राप्रपालाई तीन मन्त्रालय दिने सहमति भएपनि मन्त्रालय भने टुंगो भइसकेको छैन । जनता समाजवादी पार्टीले भने सर्तसहित सरकारमा सहभागी हुने जनाइरहेको छ । सो पार्टीले उपराष्ट्रपति पदको समेत माग गर्दै आएको छ ।