सभामुखले कुनै दलमा आबद्ध नहुने घोषणा गर्नुपर्छ : अमरेश सिंह

सभामुखले कुनै दलमा आबद्ध नहुने घोषणा गर्नुपर्छ : अमरेश सिंह


स्वतन्त्र सांसद अमरेशकुमार सिंहले अब निर्वाचित हुने सभामुखले सभामुख बनिसकेपछि कुनै पनि पार्टीमा अबद्धता नरहेको र यसपछिका दिनमा पनि कुनै पार्टीमा नरहने घोषणा गर्नुपर्ने धारणा राखेका छन् । कुनै एक पार्टीबाट सभामुख बन्दा त्यस पार्टीप्रतिको जिम्मेवारी पार्टी सदस्यताले सभामुखलाई निष्पक्ष नबनाउने उनको भनाइ छ ।

सभामुख चयनका क्रममा उनले सत्तापक्षबाट सभामुखका उम्मेदवार देवराज घिमिरेलाई समर्थन गर्दै अहिलेको संसदमा मजबुद प्रतिपक्ष नरहेको संसद् संसद्जस्तो नरहेको तर्क उनले गरे । उनले सरकार र पतिपक्ष एकै भएकाले यो सरकार निरंकुश बन्ने हो कि भन्ने शंका लागेको बताए ।

अहिले बाँडिचुँडी खाँदा लोकतन्त्र र यो व्यवस्था नै समाप्त हुने सम्भावना रहेको उनको भनाइ छ ।