समसामयिक राजनीतिक विषयमा छलफल गर्न नेका कोइराला समूहको भेला

समसामयिक राजनीतिक विषयमा छलफल गर्न नेका कोइराला समूहको भेला


नेपाली कांग्रेस डा. शेखर कोइराला समूहका नेताहरु काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा भेला भएका छन् । आइतबार बिहानदेखि बसेको भेलामा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ ।

संस्थापनइतर समूहको भेलामा कांग्रेसको भूमिका, प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको विषय, कांग्रेसको भ्रातृसंगठनलाई पूर्णता दिनेलगायतका विषयमा छलफल भइरहेको बताइएको छ ।

बैठकमा सहभागी एक नेताका अनुसार डा. कोइरालाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिनु गलत भएको बताएका छन् । उनले पार्टीले लिएको निर्णयले कांग्रेसलाई नै क्षति भइरहेको उल्लेख गरेका थिए ।

नेता कोइरालाले कार्यसम्पादन समितिको बैठकमा आफूले प्रचण्डलाई विश्वासको मत दिनु नहुने प्रस्ताव गरे पनि बहुमतको निर्णयलाई मान्नुपर्ने बाध्यता रहेको सुनाए । बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्री जीवन परियार, बद्री पाण्डे, केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसीलगायत उपस्थित छन् ।