‘प्रहरीले जनतासँग प्रत्येक्ष जोडिएर काम गर्नुपर्ने’

‘प्रहरीले जनतासँग प्रत्येक्ष जोडिएर काम गर्नुपर्ने’


  • आरपी उपाध्याय, नवलपरासी

लुम्बिनी प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक टेकप्रसाद राईले प्रहरी कार्यालयबाट सेवा लिन कुनै शुल्क तिर्नु नपर्ने बताएका छन् ।

रुपन्देहीको भैरहवामा आयोजना गरिएको सञ्चारकर्मीहरुसँग भेटघाट तथा परिचयात्मक कार्यक्रममा बोल्दै डीआइजी राईले प्रहरीले दिने सेवावापत एक पैसा पनि नलाग्ने बताउँदै प्रहरीले सातै दिन र २४सै घण्टा सेवा दिन तत्पर रहने बताए । प्रहरीले नागरिकलाई सुरक्षा दिनुपर्ने र प्रत्यक्ष जनतासँग जोड्नुपर्ने बताउँदै डिआईजी राइले यसअघि आफूले नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी समेत सम्हालिसकेको उल्लेख गरे ।

ठाउँ अनुसार केही फरक हुन सक्छ’ भन्ने भनाइ राख्दै उनले प्रहरी कार्यालयमा रहेको नागरिक सहायता केन्द्रमा पुगेर फाराम भरेपछि सहायता केन्द्रमा रहेका प्रहरी कर्मचारीले समस्या समाधानका लागि सम्बन्धित स्थानमा पठाउने जानकारी दिए । डीआईजी राईले कुनै प्रहरी कार्यालयमा यस्तो भएको नपाइए जानकारी गराउन पनि आग्रह गरे । प्रहरी कार्यालयमा नागरिकलाई सहज रुपमा सेवा प्रदान गरिएकोरनगरिएको विषयमा पनि सञ्चारकर्मीहरुले निगरानी गर्नुपर्ने राइको भनाइ थियो । उनले प्रहरी समुदाय साझेदारी कार्यक्रम, मुस्कानसहितको सेवा र प्रहरी मेरो साथी जस्ता कार्यक्रम ल्याइएको पनि बताए ।

डिआईजी राइले सरकारले नीति ल्याइसकेपछि प्रहरीले त्यसको कार्यान्वयन गर्नुपर्ने किरामा जोड दिँदै मुस्कानसहितको सेवा प्रहरीले प्रदान गर्दै आएको बताए । उनले खुल्ला सीमाका कारण समस्या रहेको भए पनि केही सहजता पनि रहेको उल्लेख गरे, दुई देशबीच सहकार्य गरेर नेपालमा अपराध गरी भारतमा गएर लुक्ने व्यक्तिहरुलाई पक्राउ गर्न सहज हुने समेत उनले जानकारी दिए ।

लागूऔषध दुर्व्यसनी ,आत्महत्या, सवारी दुर्घटना मुख्य समस्या रहेको बताउँदै आत्महत्या न्यूनीकरणका लागि प्रहरीले जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको समेत डिआईजी राईले जानकारी दिए ।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय, बुटवलका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कृष्ण प्रसाईंले स्रोतसाधन र जनशक्तिको अधिकतम प्रयोग गरिएको बताउँदै मातहतका निकायबाट गरिएको चेकप्वाइन्टलाई व्यवस्थित गर्नुपर्ने बताए ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीले लागूऔषध ओसारपसार र दुर्घटना न्युनीकरणका लागि प्रहरी लागिपरेको धारणा राखेका थिए ।

कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवा, रुपन्देहीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रेवती ढकालले आर्थिक वर्ष २०७९र०८० पुस मसान्तसम्मको जिल्लागत मुद्दा दर्ता तथ्यांक, मुद्दा फैसला कार्यान्वयन विवरण लगायत तथ्यांक प्रस्तुतीकरण गरेका थिए । सो अवसरमा नवलपरासी पश्चिम र रुपन्देही जिल्लाका तीन दर्जन पत्रकारहरुको उपस्थिति रहेको थियो ।