नागरिक शक्ति काठमाडौंमा दीपक

नागरिक शक्ति काठमाडौंमा दीपक


नागरिक शक्ति नेपालका सहकर्मीहरूको चैत ४ गते सम्पन्न जिल्लास्तरीय भेलाले दीपक सिंह महर्जनको अध्यक्षतामा जिल्ला कार्यसमितिको गठन गरेको छ । समितिको उपाध्यक्षमा ज्योति न्यौपाने र बालकृष्ण श्रेष्ठ, सचिवमा देश नरेश अधिकारी, कोषाध्यक्षमा आनन्दमान डङ्गोल, सदस्यहरूमा मृदुला शर्मा (पदेन), सन्जय पुडासैनी (पदेन), प्रन्सु पोख्रेल, भगवानदास कपाली, सुशील कोइराला, बालमुकुन्द महर्जन, सिद्धार्थ महर्जन र अमृतलाल श्रेष्ठ रहेका छन् ।

तदर्थ समितिका अध्यक्ष दीपक सिंह महर्जनको सभापतित्वमा सम्पन्न भेलाको उद्घाटन पार्टीको वरिष्ठ केन्द्रीय सदस्यसमेत रहेका उपत्यका संयोजक जुलुमरत्न डङ्गोलले गर्नुभएको थियो । भेलाद्वारा चयन गरिएको कार्यसमितिलाई हाम्रो पार्टी नेपालका अध्यक्ष गोविन्द बोहोरा तथा नागरिक शक्तिका केन्द्रीय नेताहरू उपेन्द्र कुमार भट्टराई, शम्भुमान सिंह, भोजराज अधिकारी, सुभास प्रसाद पाण्डे, अक्षता प्रधान, बिन्दु बुढाथोकी बस्नेत र देवप्रकाश त्रिपाठीले सम्बोधन गर्नुभएको थियो ।