पश्चिमी वायुको प्रभावले वर्षा

पश्चिमी वायुको प्रभावले वर्षा


पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार पश्चिमी वायुको प्रभावका साथै प्रि-मनसुन गतिविधि पनि सक्रिय रहेकाले वर्षाको सम्भावना रहेको छ । विशेषगरी देशका पहाडी भेगमा मेघजर्गन÷चट्याङसहित वर्षाको सम्भावना रहेको छ भने मध्य र पश्चिम तराईका एक-दुई स्थानमा हावाहुरीको सम्भावना रहेको छ ।

आज राति देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघजर्गन/चट्याङसहित हल्का÷क्षणिक वर्षाको सम्भावना रहेको छ ।

भोलि शुक्रबार कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रहनेछ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू/भागका एक/दुई स्थानमा मेघजर्गनरचट्याङसहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको छ ।