file photo
त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले अनसन तोडेका छन् । पाँच दिनदेखि त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालयअगाडि अनसन बस्दै आएका चलाउनेलाई चितवनकी होमकुमारी बरालले दही खुवाएर अनसन तोडाएकी हुन् ।
मन्त्रिपरिषद् बैठकले चलाउनेलाई आक्रमण गर्ने नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)का कार्यकर्ताविरुद्धको मुद्दा फिर्ता लिने निर्णय गरेपछि चलाउने त्यसको विरोधमा अनसन बसेका थिए । चलाउनेमाथि कुटपिट हुँदा त्यतिबेला होमकुमारी बरालले नै बचाएकी थिइन् ।
सर्वोच्च अदालतले बिहीबार चलाउनेमाथि आक्रमण गर्नेहरु विरुद्धको मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्नु भनी आदेश दिएपछि उनले अनसन स्थगित गरेका हुन् ।
प्रतिक्रिया