जतिसुकै कडाइ गर्दा पनि सुनको तस्करी नरोकिएको तथ्यहरूले पुष्टि गरेको छ । सम्बद्ध सूत्रहरूले जनाएअनुसार पछिल्लो समयमा उत्तरी नाका भएर प्रतिदिन नेपालमा करिब दुई सय केजी सुन भित्रिने गरेको छ । यसरी तस्करी भइ आउने सुन भारततर्फ लैजाने गरेको पाइएको छ ।
यसैबीच सशस्त्र प्रहरी बल, सीमा सुरक्षा गुल्म डण्डाअन्तर्गत बयरघाटले भारततर्फ तस्करी भइ जान लागेको करिब दुई करोड मूल्यबराबरको सुन बरामद गरेको छ । प्राप्त जानकारीअनुसार असार ९ गते राति साढे नौ बजे बा. १२ च ३८२० नम्बरको मारुती कार भारत जाँदै गरेको अवस्थामा कालिदह भन्ने स्थानमा प्रहरीले नियन्त्रणमा लिएको थियो ।
चेकजाँचका क्रममा लुकाएर लैजान लागेको इँटा आकारका दुई थान सुन प्रहरीले फेला पारेपछि उक्त गाडी, चालक र सुनसहित भैरहवा भन्सार कार्यालयमा बुझाइएको थियो । बरामद सुनको मूल्य रू. एक करोड अठासी लाख सत्ताइस हजार तथा गाडीको रू. पन्ध्र लाख कायम भएको छ ।
भारत प्रस्थान गर्ने चल्ती र न्यून चल्तीका नाकाहरूबाट सुनलगायत विभिन्न बस्तुहरूको तस्करी हुने क्रम पछिल्लो समयमा बढ्दै गएको छ ।
प्रतिक्रिया