कर्तव्य बिर्सेका हामीले सिक्नैपर्ने पाठ-वसन्तराज कुँवर

कर्तव्य बिर्सेका हामीले सिक्नैपर्ने पाठ-वसन्तराज कुँवर


कामविशेषले अमेरिका पुगी भर्खरै फर्किएँ । नेपाल, बेलायत तथा हङकङका पत्रपत्रिकामा स्तम्भकारको रूपमा नियमित लेखरचना लेखिरहने व्यक्तिका नाताले म जहाँ पुग्दा पनि पाठकसमक्ष पस्किनका लागि कुनै नौलो विषय भेटिन्छ कि भनेर खोजिरहेको हुन्छु । त्यहाँको विकास, जीवनशैली, परम्परा र कार्य पद्धतिबारे पनि विशेष ध्यान पुर्‍याइरहेको हुन्छु । सदाझैं यसपटक पनि केही अनुभवहरू बटुलेर ल्याएको छु जो क्रमशः पस्कँदै जानेछु । यसपटकचाहिँ हङकङ एयरपोर्टको शौचालयमा काम गर्ने एक महिला र पुरुषको कथा लेख्दै छु ।
लसएन्जलसबाट झन्डै सोह्र घन्टा हवाईजहाजमा उडेर हङकङ आइपुग्दा म निकै थाकेको थिएँ । हङकङमा बिहानीपख ओर्लिएपछि त्यहाँको विशाल र्टर्मिनल भवनको चौध नम्बरको ढोकाअगाडि म खाली मेचमा आराम गर्न थालेँ । म बसेको स्थानको ठीक अगाडि शौचालय थियो । त्यहाँ पुगेर मैले हातमुख धोएँ । मैले जसै हातमुख धोएँ, डाक्टरले लगाउनेजस्तो सेतो कोट लगाई बसेका सरसफाइ कर्मचारीले मैले प्रयोग गरेको धारो तुरुन्तै सफा गरे । त्यो शौचालयभित्र हातमुख धुने चारवटा बेसिनबाहेक पाँच६ वटा शौचालय पनि थिए । त्यहाँबाट मानिसहरू निस्कनेबित्तिकै ती सफार्इकर्मचारी त्यो शौचालयमा प्रवेश गरिहाल्थे र त्यसलाई टिलिक्क टल्काउने काम गर्थे ।
म्ा केहीबेर मुख धोएजस्तो गरी ती सफाइ कर्मचारीका क्रियाकलाप ऐनाबाट हेरिरहेँ । ती करिब पचास वर्षका व्यक्तिको अगाडिको कपाल झरेको थियो । उनी शौचालयमा आउने सयौँ यात्रुहरूको मुखमा पनि हेर्दैनथे । उनको ध्यान केवल यात्रुहरूको खुट्टातिर मात्र भएझैँ लाग्दथ्यो । उनी केवल भुइँ मात्र हेरिरहेका हुन्थे । हातमा मोप बोकेका ती व्यक्तिलाई त्यो शौचालयभन्दा बाहिरको दुनियाँको सम्बन्धमा कुनै मतलब भएझैँ लाग्दैनथ्यो । यस्तो लाग्थ्यो मानौँ उनको जीवन त्यही शौचालय सफा गर्ने कार्यमै समर्पित छ । समयसमयमा जब शौचालयमा कोही हुन्थेनन् त्यतिबेला उनी त्यही शौचालयसँग टाँसिएको सानो कोठामा छिर्दथे र त्यहाँबाट सरसफाइका सामान बाहिर निकाल्दथे ।
म्ा शौचालयबाट बाहिर निस्केर आप\mनो आराम गर्ने कुर्सीमा आइसकेपछि पनि ती व्यक्तिको कामकारबाही टाढाबाट हेरिरहेको थिएँ । समयसमयमा शौचालय खाली हुँदा उनी बाहिर निस्कन्थे र ढोकाबाट यताउता चिहाउने गर्दथे । ड्युटी अवधिभर ती व्यक्तिले शौचालय छोडी अन्यत्र गएको देखिनँ ।
पुरुष शौचालयसँगै जोडिएको महिला शौचालय पनि थियो । त्यहाँ एक मोटीमोटी देखिने महिला सफाइ कर्मचारी थिइन् । उनी पनि हेर्दा डाक्टरनर्सजस्तै देखिन्थिन् । आँखामा पावरवाला चस्मा लगाएकी ती महिला पनि र्सतर्कताका साथ समयसमयमा बाहिर देखा पर्दथिन् । यत्तिकैमा र्टाईसुट लगाएका दुई भलाद्मी यताउता हेर्दै आए । उनीहरूले महिला शौचालयमा छिर्ने भित्तामा निकैबेर हेरे । आपसमा कुरा गरे । त्यत्तिकैमा भित्र रहेकी ती महिला सरसफाइ कर्मचारी बाहिर आइन् । उनी ती व्यक्तलाई देखेर अति आत्तिएझंै भइन् । मैले अनुमान लगाएँ सायद ती र्टाई लगाउने कर्मचारीहरू त्यहाँका हाकिमहरू होलान् । तिनले महिलालाई औंलाले केही कुरा देखाए । रातोपिरो हुँदै ती महिला भित्र छिरेर सफा गर्ने कुरा लिएर त्यहाँ सफा गर्न थालिन् । सँगै जोडिएका पुरुष शौचालयका ती अधबैंसे कर्मचारी पनि चिहाएर यो कुरा हेरिरहेका थिए । केहीबेर चिहाएर उनी पुनः आप\mनो जिम्मेवारीको शौचालएमा छिरे । सायद उनलाई आफ्नो शौचालय पनि निरीक्षण हुन्छ भन्ने डर थियो ।
केहीबेर ती हाकिमहरू त्यही महिला शौचालयबाहिर उभिइरहे । ती महिला भित्तामा सफा गरिरहिन् । थोरै समयपछि दुवै हाकिमहरू पुनः यात्रु बस्ने मेचको अवस्था हेर्न थाले । ती महिलाले अरू राताराता लुगा लगाएको महिलासमेत बोलाई झन् जोडदारसँग सफाइ गर्न थालिन् । हाकिम गइसकेपछि पुरुषशौचालयका पुरुष कर्मचारी पनि सहानुभूति देखाउन महिलाशौचालयबाहिर हाकीमले देखाएको ठाउँ हेर्न थाले । उनले त्यसपछि आफ्नो शौचालय गई कोलिनजस्तो केही चिज ल्याएर त्यहाँ सफा गर्न मद्दत गरे । दुईजना त्यो फोहोर सम्बन्धमा निकैबेर छलफल गरिरहे, मानौँ उनीहरूका लागि संसारको सबैभन्दा ठूलो समस्या त्यही थियो ।
केही समयपछि म कुतूहलवश उक्त हाकिमले औंल्याएको ठाउँ हेर्न पुगेँ । त्यतिबेला त्यहाँ केही थिएन । मैले खुब नियालेँ । महिला शौचालयमा जाने स्थानमा हातको औंलाले कसैले थोरै दाग लगाएको रहेछ । हाकिमले देखेपछि त्यही कुराले ‘भूकम्प’ ल्याएको रहेछ ।
बिहान आठ बजेतिर लसएन्जलसबाट आएपछि बेलुकी पाँच बजेपछि मात्र मेरो नेपाल आउने विमान थियो । झन्डै आठ घन्टा मैले त्यही ठाउँमा बिताएँ । ती दुई कर्मचारी दिनको दुई बजेतिर ड्युटी सकेर फर्किए । त्यसपछि नयाँ कर्मचारीहरू आए । उनीहरू पनि पहिलाको जस्तै र्सतर्कताका साथ काममा खटिएका थिए ।
त्यस दिन आठ घन्टा शौचालयका कर्मचारीको गतिविधि अध्ययन गरेपछि हङकङको प्रगति कसरी भएको रहेछ भन्ने मैले बुझेँ । कुनै पनि मुलुकको प्रगतिमा प्रत्येक व्यक्तिको भूमिका हुने गर्छ । समग्र समाजको प्रगति प्रत्येक व्यक्तिव्यक्तिको काममा निर्भर हुने गर्दछ, तर हरेक नागरिकलाई कुनै मुलुकले ती हङकङमा शौचालय सफा गर्न बसेका कर्मचारीझंै कसरी आफ्नो जिम्मेवारीप्रति सचेत तुल्याउने भन्ने कुराको भने त्यो मुलुक चलाउनेहरूले उत्तर खोज्नैपर्छ ।
म्ा जब विमान चढेँ त्यतिबेला पनि मलाई ती शौचालय सफा गर्ने कर्मचारीहरूको सम्झना आइरह्यो । झ्यालतर्फ मेरो शिर थियो । बाहिर तलतल बादलका देश देखिन्थ्यो । मैले सोचेँ म आफ्नो देशले प्रगति गरेन भनेर गुनासो गर्दछु तर आफ्नो जिम्मेवारी पूरा गर्ने कुरामा भने आफैं संवेदनशील हुन्न । म जब जागिर खान जान्छु त्यो जागिर खाने आठ घन्टामा पनि दुई घन्टा हावादारी गफ गरेर बिताउँछु । एक घन्टा अरूको कुरा काट्छु । दुई घन्टा खाजा खाने नाममा खर्च गर्छु । बाँकी तीन घन्टामा पनि दुई घन्टा आप\mनो गुनासो माथिकोले नसुनेकामा आक्रोश पोख्दैमा समय नष्ट गर्छु । बचेको एक घन्टा मन नलागीनलागी काम गर्छु । अनि मेरो यस्तो कामले कसरी यो मुलुकको प्रगति होला त ? त्यस दिन मैले अनुभव गरेँ वास्तवमै यो देशका हामीमध्ये अधिकांश नागरिक जिम्मेवार छैनौँ । न हामीले हाकिम भएर त्यो हङकङ एअरपोर्टको हाकिमझैं जिम्मेवार भएर अनुगमन नै गर्न सकेका छौँ वा न त्यहाँको शौचालयका कर्मचारीझैं आप\mनो कार्यलाई जिम्मेवारीपूर्वक निभाउन नै सकेका छौँ । उदाहरणका लागि हेरौँ न, सांसद भन्नेहरू समयमा संविधान बनाउन सक्दैनन् तर पनि उनीहरूले कुनै पश्चात्ताप गरेका देखिँदैन । राष्ट्रसेवक कर्मचारीका रूपमा सैद्धान्तिक व्याख्या जति नै छाँटे पनि वास्तविक जीवनमा सरकारी सेवा लिन आउने आमनागरिकलाई अझै सेवा पाउन निक्कै जटिलता छ, तर त्यसबारे कुनै सरोकार छैन । मजदुर मजदुरी नगरी नेतागिरी गर्दै तलब थाप्न चाहन्छन् । व्यापारी मिलावटलाई अपराध मान्दैनन् । डाक्टरहरू प्राइभेट क्लिनिकबाटै कमाउन व्यस्त छन् भने जनप्रतिनिधिहरू पनि भ्रष्टाचार गर्ने ठाउँ खोज्दै समय गुजार्छन् । यदि हाम्रो मुलुकमा अधिकांश व्यक्ति यस्तै प्रकारले आप\mनो जिम्मेवारीलाई गलत ढङ्गले निभाइरहने हो भने फेरि यो मुलुकको प्रगति कसरी होला त ? मुलुकको विकास त प्रत्येक व्यक्तिव्यक्तिको सत्प्रयासमा भर पर्ने कुरा हो । त्यस दिन मनमा यस्तैयस्तै कुरा खेलाउँदै म लोडसेडिङभित्र लुकेको नेपाल आइपुगेँ ।
नेपाल प्रवेशसँगै अस्तव्यस्त संसारमा प्रवेश गरेझैँ अनुभव हुन्थ्यो । हवाईजहाजको पाँच घन्टा दूरीमा रहेको हङकङ र नेपाललाई दाँज्दा कुनै आधुनिक सहर र ढुङ्गेयुगको एक बस्तीझैं फरक देखिन्थ्यो । त्यो सानो मुलुकले यसरी अभूतपूर्व विकास गरेको कारण के रहेछ त भन्ने उत्तर खोज्दा मैले यही पाएँ कि त्यो देशमा मैले देखेकोझैं शौचालय सफा गर्ने कर्तव्यनिष्ठ कर्मचारी, राजनीतिज्ञ, समाजसेवी र आमजनता यहाँभन्दा बढी रहेछन् । नेपालमा ठूला भन्नेहरूको पनि मलाई फोटो खिच्ने कहिल्यै इच्छा भएन तर ती शौचालय सफाइ गर्ने कर्मचारीको भने टाढैबाट भए पनि मैले सम्मानपूर्वक फोटो खिचेँ । ती दुई शौचालय सफा गर्नेका अगाडि मैले आफूले दिने सेवा पनि ज्यादै होचो पाएँ । म मेरो सेवाको बदलमा पदोन्नति, सरुवा वा नाम पाउने आश राख्थेँ तर ती शौचालयका कर्मचारी निस्वार्थ भावले आफ्नो जिम्मेवारी निभाइरहेका देखिन्थे । यद्यपि, ती हेर्दा साना कर्मचारी देखिन्थे तर मलाई लाग्यो ती साना होइनन् बरु समग्र हङकङलाई आफ्नो काँधमा बोकेर विकासमार्गमा अगाडि हिँडाउने महान् व्यक्ति थिए । मलाई लाग्यो मेरो मुलुकको विकास केवल यहाँका जनतालाई पद दिएर वा अङ्ग्रेजी, गणित, विज्ञान पढाएर मात्र हुँदैन, यहाँको विकासका लागि पाठ्यक्रममा ती हङकङका शौचालय सफा गर्ने कर्मचारीको कर्तव्यनिष्ठता पनि पढाउन जरुरी छ, किनकि बिस्तारैबिस्तारै हामी बिर्सदै छौँ हाम्रो कर्तव्य, निष्ठा र जिम्मेवारी ।