सारङ्गीदाइ

सारङ्गीदाइ


  • श्यामकृष्ण लम्साल

श्रम, शीप पौरखको गाथा छ
ब्रह्म मुहुर्तमा ब्युँझिएर
गाउँबस्ती ब्युँझाउने भाका छ
निथ्रुक्क पसिनाले भिजाउँदै धरती
आवाजविहीनहरुको आवाज भएर बज्ने सारङ्गी
सारङ्गीदाइ उनीसँग छ

वर्तमानको प्रश्न

अहिले यो धरामा
हामी जन, जन्तु र जन्ती मात्रै छौ कि
जनता पनि छौ ?
यदि छौ भने
यथास्थितिमा
हामी किन मौन ?

  • दिङ्गला, भोजपुर