नेपाल फगत युद्धभूमि हो ?

नेपाल फगत युद्धभूमि हो ?


✍ तेजप्रसाद खनाल

राणा शासनअघि एकीकरणका लागि
२००७ सालअघि राणाविरुद्धमा
२०१५ सालअघि प्रजातन्त्रका खातिर
पञ्चायत आयो ३० वर्ष निरंकुशताका लागि
२०४६ साल प्रजातन्त्र पुनःस्थापना गर्न
सबै तयार मार्न अनि मर्न
२०५२ बाट शुरु भयो सशस्त्र युद्ध ‘मुक्ति’ ल्याउन
सबै लागे देश बेच्न, लुट्न र चुस्न
२०६२/६३ मा धर्मनिरपेक्ष लागु
मानिआएको धर्म संस्कृति सबै फालुँ !
२०६५ गणतन्त्र २०७२ संविधान
प्रजातन्त्र गयो, राजसंस्था मासियो भ्रष्टाचार मौलायो
के यही हो हाम्रो शान ?
ऊ बेलादेखि यो बेलासम्म
नेपालीले भोगेको
वीर गोर्खाली युद्धको पर्याय
अनि प्रश्न उठ्छ-
के नेपाल युद्धभूमि हो ?