गोलको खडेरी-फुटबलमा नेपालको र्समनाक प्रदर्शन

गोलको खडेरी-फुटबलमा नेपालको र्समनाक प्रदर्शन


विगत १७ वर्षको अवधिमा अन्तर्राष्ट्रिय फुटबलमा नेपालको प्रदर्शनको विश्लेषण गर्दा नाक खुम्च्याउनेबाहेक अरू केही गर्न मिल्दैन । गणेश थापाले अखिल नेपाल फुटबल सङ्घको जिम्मेवारी सम्हालेपछि अधोगतितर्फ लाग्दै गरेको नेपालको प्रदर्शन अहिलेसम्म जारी छ । थापाको डेढ दशकभन्दा बढीको कार्यकालमा नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलता हात पार्न सकेको छैन । यो नेपालको दुर्भाग्य हो कि थापा को, त्यसको पोस्टमार्टम गर्ने समय भएको छ । थापाको कुन्डलीमा फुटबलमा रजाइँ गर्ने ठूलो कोठा परे पनि त्यही कोठामा राहु, केतु र शनिको बासले गर्दा थापा खेलाडीको रूपमा लक्की भए पनि पदाधिकारीको रूपमा भने अनलक्की सावित भएका छन् । थापाको यही अनलक्कीको फल विगत डेढ दशकदेखि नेपाली फुटबलले भोग्दै आएको छ भन्दा अतिसयोक्ति नहोला ।
हाल नेपालमा सञ्चालन भइरहेको एएफसी च्यालेन्ज कप फुटबलमा नेपालको पुन: हरिविजोग भएको छ । नेपाल पुन: एकपटक अन्तर्राष्ट्रिय प्रतियोगिताको लिग चरणदेखि नै बाहिरिएको छ । आफ्नै भूमि र अपार दर्शकहरूको समर्थनका बाबजुत पनि नेपालले र्समनाक पराजय भोगेको छ । प्रतियोगिता आरम्भ हुनुपूर्व सेमिफाइनलमा पुग्नेे दाबी गर्ने अखिल नेपाल फुटबल सङ्घको दाबी अहिले ‘हात्ती आयो हात्ती आयो फुस्सा’ भन्दा कम भएको छैन । फिफा अध्यक्ष सेप ब्लाटरलाई एएफसी च्यालेन्ज कपको उद्घाटन गराएर ठूलो माछा मारेको धाक लगाएको एन्फा अहिले भ्यागुतोझैं पल्टिन पुगेको छ । पहिलो खेलमै ब्लाटरकै सामुन्ने नेपालको नराम्रोसँग धोती फुस्किएको थियो । नेपालको यस्तो हरिविजोग देखेपछि ब्लाटरले नेपाली टोलीलाई बार्सिलोनाको संज्ञा दिएका थिए । तर, ब्लाटर सान्त्वना दिने क्रममा मेसीको कमी भएको भनेर एक तीरले दुई निसाना साध्न सफल भएका थिए । उनको यो अभिप्राय एन्फाले कसरी बुझ्यो त्यो आफ्नो ठाउँमा भए पनि ब्लाटरको निसाना गणेश थापामाथि थियो भन्ने थुप्रै भेटिएका थिए ।
दूरदर्शी सोचभन्दा पनि एक विदेश प्रशिक्षक ग्राहम रोबर्टको सुर र तालमा च्यालेन्ज कप फतेह गर्ने दिवास्वप्न देखेको एन्फा अहिले न घरको न घाटको अवस्थामा पुगेको छ । ‘दर्ुबाशा’ अर्थात् रिसाहा प्रशिक्षक रोबर्टमाथिको अति विश्वासले एन्फा अध्यक्ष गणेश थापाको कार्यशैलीमाथि समेत प्रश्न खडा भएको छ । रोबर्टकै प्रशिक्षणमा लिगका तीनवटै खेलमा नेपालले पराजयको मुख देख्नुपरेको छ । जुन समग्र नेपालीका लागि पीडाको विषय बनेको छ । तर, च्यालेन्ज कपको बहानामा आफ्नो रोटी सेक्नेहरूलाई कति प्रभाव पर्‍यो त्यसको छानबिन कसले गर्ने हो त्यो चिन्ताको विषय बनेको छ ।
कुनै पनि प्रतियोगिताको आयोजना हुँदा त्यसमा राष्ट्रको मान, सम्मान र प्रतिष्ठा गाँसिएको हुन्छ । अझ यो प्रतियोगिता सफलताका साथ सम्पन्न गर्न र खेलाडीको उत्कृष्ट प्रदर्शनका लागि सरकारले तन, मन र धनले सहयोग गरेको थियो । तर विडम्बना, फुटबल खेलाडीहरू घरेलु मैदानमा पनि मुसो सावित भएपछि अहिले मुलुकको प्रतिष्ठासमेत दाउमा लागेको छ ।
जहिले पनि नेपालले जितोस् भनेर कामना गर्ने दर्शकहरू नेपाली खेलाडीको प्रदर्शनप्रति निकै गम्भीर र आक्रोशित बनेका छन् । एसियाली मुलुकका टोलीसँग नेपाललाई दाँज्न नसकिने भए पनि माल्दिब्ससँगको पराजयलाई उनीहरूले अर्थपूर्ण रूपमा हेरेका छन । रंगशालामा उपस्थित दर्शक भन्दै थिए, ‘नेपालले जितेको कहिले देख्न पाउने ?’ ज्ााबो माल्दिब्सलाई आफ्नो घरेलु भूमिमा हराउन नसक्नेले केको फूर्ति गर्ने ? अब कुन दिन भुटानले पनि नेपाललाई नेपालमै आएर हरायो भने के गर्ने ? अब त नेपाली टिमप्रति निकै शङ्का लागेर आएको छ । गोल गरेर जित्नुपर्ने खेलमा गोल गर्न सक्दैन अनि कसरी जित्छ । फुटबलमा गणेश थापाको रवाफ बढे पनि नेपाली फुटबलस्तर जहाँको त्यहीँ रहनुमा उनीहरूले निकै चिन्ता व्यक्त गरेका थिए ।
घरेलु दर्शक र घरेलु मैदानलाई प्रमुख हतियार बताउने एन्फाका पदाधिकारी अहिले मौनब्रत बसेका छन । उनीहरू नेपालको प्रदर्शनबारे एक शब्द बोल्न इच्छुक छैनन् । प्रतियोगिता जित्न नसके पनि सेमिफाइनलसम्म पुग्ने आश पालेका एन्फाका पदाधिकारीहरू यो र्समनाक प्रदर्शनपछि शिर निहुर्‍याउन सकेका छैनन् । प्यालेस्टाइन र माल्दिब्सलाई जितेर सेमिफाइनलसम्म पुग्ने रणनीति भए पनि सुरुका दुवै खेलमा भोगेको पराजयपछि सबै तुहिन पुगेको थियो । यसरी सुनौलो सपना देख्दै आएको एन्फा आफ्नो रणनीतिमा असफल भएपछि उनीहरूको पहिलो सिकार प्रशिक्षक रोबर्ट बनिसकेका छन् भने निकट भविष्यमै खेेलाडी बन्ने कुरामा दुईमत छैन । गणेश थापाको भिटो पावरका अगाडि बिचरा बनेका रोबर्टले राजीनामा दिएर स्वदेश फर्किने मनसाय बनाएको पनि सुनिन आएको छ । दुई दुर्वाशाको टसलमा घुनझैँ पिँधिएका खेलाडीको भविष्यले अब कस्तो मोड लिने हो त्यो प्रतीक्षाको विषय बनेको छ ।
नेपाली फुटबल टोलीको समर्थनमा सागरझैं उर्लिएरको दर्शकहरूको भीड अहिले अर्थहीन बन्न पुगेको छ । नेपाल प्रतियोगिताबाट बाहिरिएर उनीहरूको मनमा ठूलो कुठाराघात भएको छ । सधैंभरि आफ्नो राष्ट्रको हौसला बढाउन र जित दिलाउनमा अहम् भूमिका निभाउँदै आएका दर्शकहरूले यो प्रतियोगितामा पनि हजार रुपैयाँको टिकट काटेर दशरथ रंगशालामा उपस्थित भएका थिए । तर, दुर्भाग्य, पहिलो खेलको शुभारम्भको चौथो मिनेटमै गोल खान पुगेको नेपालले अन्तिम समयसम्म पनि कुनै चमत्कार देखाउन सकेन अर्थात् गोल गर्न बिस्र्यो । स्ट्राइकरले गोल गर्न नसक्नु नेपालको दुर्भाग्य बने पनि भाग्यले साथ नदिँदा अर्को पीडा थपिएको थियो । पहिलो खेलमा जुमानु राई र अनिल गुरुङलाई स्ट्राइकरको रूपमा उतारेको नेपालले दोस्रो खेलमा फिडफिल्डर भरत खवासलाई सो भूमिका निर्वाह गर्न मैदानमा उतारेको थियो । तर, यी तीनै खेलाडीले पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा नेपाल ‘बिचरा’ बन्दै एक खेल नखेल्दै प्रतियोगिताबाट बाहिरिएको थियो । नेपालले अन्तिम खेल समूहकै उत्कृष्ट टोली किरि्गस्तानसँग खेलेको थियो जसमा नेपालको प्रतिष्ठा गाँसिएको भने पनि खरो उत्रिन सकेन । नेपाल अन्तिम खेलमा पनि तीन गोलको स्वाद चाखेर पराजित भएको थियो ।
लामो समयदेखि अन्तर्राष्ट्रिय प्रतियोगितामा फितलो प्रदर्शन गर्दै आएको नेपालले एएफसी च्यालेन्ज कपमा पनि सोही कुरालाई दोहोर्‍याएको छ । दर्शकहरूको भावनासँग खेलवाड गर्दै उनीहरूको हर्ुमत लिने कार्य गरेको छ । महँगो टिकटको भारसँग पराजयको नमिठो पीडाले यसपटक दर्शकहरूको मन निकै कुँडिएको छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा पराजयको शृङ्खला बनाउने क्रममा नेपाली खेलाडीहरूले ऐतिहासिक कीर्तिमान कायम गरेका छन् । जुन नेपाली खेलकुदको इतिहासमा स्वर्ण अक्षरले लेखिनुको साथै अनन्तकालसम्म स्मरणयोग्य हुने कुरामा सायदै दुईमत होला । यसका लागि एन्फाका पदाधिकारी, प्रशिक्षक र खेलाडी धन्यवादका पात्र बनेका छन् । सधैं यसरी नै खेल्नु र खेलाउनु यसैका सबैको कल्याण हुनेछ । बाँकी शेषनागले समेत वर्णन गर्न नसक्ने एएफसी च्यालेन्ज कपमा नेपालको प्रदर्शन म जस्तोले कसरी सकुँला ।

महेन्द्रनगरका महिला फुटबलप्रेमी
छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा महिला फुटबलको लोकप्रियता देख्दा ज्रि्रो नकोक्ने प्राय: कमै भेटिन्थे । दिनको चारवटा खेल आयोजना भए पनि दर्शकको उल्लेख्य उपस्थितिले प्रतियोगितालाई निकै रोमाञ्चकारी र सनसनीपूर्ण बनाएको थियो । बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म फुटबलप्रेमी दर्शकको साथ पाएको थियो महिला फुटबलले । महेन्द्रनगरको खुलामञ्चमा आयोजना भएको महिला फुटबलको रौनकता हेर्दा कुनै अन्तर्राष्ट्रिय प्रतियोगिताभन्दा कम थिएन । दर्शकको अपार माया र प्रोत्साहन पाएका महिला खेलाडीले प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै दर्शकको अभिप्रायमा खरो उत्रिन सफल भएका थिए ।
महिला फुटबलको आयोजनासँगै दर्शकमा देखिएको उत्साह कल्पनाबाहिरको थियो । बिहानको चिया खाएर महिला फुटबल हेर्न आएका दर्शक एकैचोटि साँझमात्र घर फर्किन्थे । महिला फुटबलप्रतिको आकर्षण र पछिल्लो समयमा भएको स्तरवृद्धिका कारणले पनि महिला फुटबल हेर्न दर्शकको बाढी उर्लिएको थियो । केही वर्ष अगाडिसम्म गुमनाम रहेको महिला फुटबलको लोकप्रियता राष्ट्रियस्तरमा यसरी बढेपछि खेलाडी र प्रशिक्षक निकै प्रफुल्लित देखिन्थे ।
महिला राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक ध्रुव केसी भन्दै थिए, ‘यो महिला टोलीले अन्तर्राष्ट्रियस्तरमा पाएको सफलताको नतिजा हो । बंगलादेशको ढाकामा सम्पन्न भएको एघारौँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता ?साग)मा महिला फुटबल टोलीले जुन उत्कृष्ट प्रदर्शन गरेको थियो, यो त्यसैको परिणाम हो । दर्शकहरू तिनै महिला खलाडीको प्रदर्शन हेर्न आएका हुन् । जसमा महिला खेलाडी खरो उत्रिन सफल भएका छन ।’ केसीले दर्शकको यो उपस्थितिले खेलाडीको मनमा नौलो उमङ्ग र जोस-जाँगर बढेको पनि खुलासा गरेका थिए । दर्शकहरूको यो हौसलाले भविष्यमा महिला खेलाडीले अझ उत्कृष्ट गर्ने र साग च्याम्पियन बन्ने प्रस्ट पारेका थिए । स्मरण छ, छैटौँ राष्ट्रिय खेलकुदमा पाँच विकास क्षेत्र र तीन विभागीय टोलीको सहभागिता रहेको थियो । जसमा सशस्त्र प्रहरी बलले बाजी मार्दै राष्ट्रिय च्याम्पियन बन्न सफल भएको थियो ।
महेन्द्रनगरको खुलामञ्चमा आयोजना भएको महिला फुटबल प्रतियोगितामा दर्शकले कुनै एक टिमको भन्दा पनि सामूहिक रूपमा सबै टिम र खेलाडीको हौसला बढाउने कार्य गरेका थिए । जसको सकारात्मक प्रभाव प्रतियोगितामा समेत परेको थियो । सोही भावनाबाट ओतप्रोत भएर प्रत्येेक दिन महिला फुटबल हेर्न आएका पूर्वफुटबल खेलाडी उत्तमविक्रम भण्डारीले महिला फुटबल खेलाडीको खुलेर प्रशंसा गरेका थिए । फुटबलमा महाकाली अञ्चलको प्रतिनिधित्व गर्दै दुईपटक राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेका भण्डारीले महिला खेलाडीस्तरमा निकै सुधार भएको बताउँदै नियमित प्रशिक्षण पाएमा साग च्याम्पियन बन्ने प्रस्ट पारेका थिए ।
छैटौँ राष्ट्रिय प्रतियोगितामा प्राय: सबै महिला खेलाडीलाई नजिकबवाट नियालेका भण्डारीले सुदूरपश्चिमको सुधारोन्मुख, मध्यमाञ्चलको उत्कृष्ट र एपीएफका खेलाडीको शानदार प्रदर्शनको खुलेर प्रशंसा गरेका थिए । त्यस्तै फुटबलप्रेमी युवराज थापाले नेपाली महिला खेलाडी दक्षिण एसियाली मुलुकमै उत्कृष्ट रहेको बताउँदै सम्बन्धित निकाय राष्ट्रिय खेलकुद परिषद् र अखिल नेपाल फुटबल सङ्घले उत्कृष्ट प्रतिभालाई समेटेर निरन्तर प्रशिक्षण दिए महिला खेलाडीले ऐतिहासिक सफलता हात पार्ने प्रस्ट पारेका थिए ।
लिग चरणदेखि नै दर्शकहरूको अपार माया पाएको महिला फुटबल फाइनल चरणसम्म पुग्दा खुट्टा टेक्ने ठाउँको अभाव भएको थियो । यसरी अन्य खेलको तुलनामा महेन्द्रनगरका दर्शकमा निकै प्रभाव छाड्न सफल भएको महिला फुटबलले छैटौँ राष्ट्रिय खेलकुदमा एउटा अमिट छाप छोड्न सफल भएको थियो । महिला फुटबल काठमाडौंमा मात्र नभई मोफसलमा पनि उत्तिकै लोकप्रिय छ भन्ने प्रमाणित गरेको थियो । जुन अहिले महिला फुटबलका लागि कोसेढुङ्गा सावित भएको छ भने महेन्द्रनगर महिला फुटबलको उपयुक्त गन्तव्य भएको पनि पुष्टि भएको छ ।

सेनाको टिमद्वारा श्रीलङ्का पराजित
प्रथम दक्षिण एसियन आर्मी स्पोर्टस् मीट २०१२ अन्तर्गत गत फागुन २६ गतेदेखि लगनखेलस्थित नेपाली सेनाको आर्मी फिजिकल ट्रेनिङ एण्ड स्पोर्टस् सेन्टरमा सञ्चालित प्रतियोगिताको फुटबल खेलमा गत सोमबार नेपालद्वारा श्रीलंका ४-१ गोलले पराजित भएको छ । नेपाली सेनाका सिपाही नवयुग श्रेष्ठ र टेकबहादुर बु.क्षे.ले दुई-दुई गोल गरेका थिए । यसैगरी ब्याडमिन्टन फाइनलमा नेपाल श्रीलङ्कासँग पराजित हुन पुग्यो । बक्सिङमा नेपाल र बंगलादेशबीच भएको सेमीफाइनल खेलमा नेपाली सेनाका मुल्लाह मोहमद फोफल पराजित भएका छन् भने भारत र पाकिस्तानबीच भएको खेलमा भारतका विकाश खत्रीद्वारा पाकिस्तानका सजिद अली पराजित भए ।

सूर्य नेपाल मास्टर्सको १९औँ संस्करण सुरु
नेपालको एक मात्र अन्तर्राष्ट्रिय गल्फ प्रतियोगिता सूर्य नेपाल प्रालि मास्टर्सको १९औँ संस्करण फागुन ३० गतेदेखि सुरु भएको छ । नेपाललाई गल्फ पर्यटन स्थलकोे रूपमा विकास गर्न र गल्फ प्रतिभालाई अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउन प्रतियोगिताको आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा सञ्चालन हुने प्रतिष्ठित तथा सर्वाधिक पुरस्कार राशिको यो प्रतियोगितामा दक्षिण एसियाली मुलुकका स्टार खेलाडीको सहभागिता रहने आयोजक सूर्य नेपालले जनाएको छ ।
विगत आठ वर्षदेखि नेपाल पर्यटन बोर्डको सहकार्यमा सञ्चालन हुँदै आएको यो प्रतियोगिताको मुख्य स्पर्धाअघि स्ट्यान्डर्ड चार्टर्ड प्रो.एम प्रतियोगिता मार्च १३ गतेदेखि सञ्चालन हुनेछ भने प्रोफेसनल टुर अफ इन्डिया ?पीजीआईटी) र नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपीजीए) को मान्यता पाएको मुख्य प्रतियोगिता मार्च १४ देखि १७ सम्म हुनेछ । ४० लाख पुरस्कार रहेको यो प्रतियोगिताले पीजीटीआईको वरियतामा पनि प्रभाव पार्नेछ । नेपालको चुनौती भने सात उपाधिसहित हाल एनपीजीए अर्डर अफ मेरिटको अगुवाइ गरिरहेका ‘इन र्फम’ खेलाडी शिवराम श्रेष्ठ, रवि खड्का, रमेश अधिकारी, सूूर्य शर्मा र रमेश श्रेष्ठले पेस गर्नेछन् ।
त्यस्तै सो अवसरमा सञ्चारकर्मीबीच ‘क्लोजर टु पिन’ गल्फ प्रतियोगिताको आयोजना गरिएको थियो । जसमा राइजिङ नेपालका नारायण उपाध्याय पहिलो, घटना र विचारका श्रीविक्रम भण्डारी दोस्रो र द हिमालयन टाइम्सका महेश आचार्य तेस्रो भएका थिए ।

धान काटेको खेतमा आर्चरी
हालै सम्पन्न भएको छैटौँ राष्ट्रिय प्रतियोगितामा आर्चरी खेलको आयोजना धान काटेको खेतमा भएको थियो । खाल्डैखाल्डो परेको खेतमा आयोजना भएको उक्त प्रतियोगितामा खेलाडी, प्रशिक्षक र पदाधिकारीले निकै सास्ती भोग्नुपरेको थियो । आर्चरीको प्रतिस्पर्धा हुने अघिल्लो दिनसम्म प्रतियोगिताको अयोजना कहाँ हुने भन्नेबारे आयोजक कमिटीले टुङ्गो लगाउन सकेको थिएन । आर्चरीको टोली खेलस्थलको निरीक्षण गर्न आयोजकसँग सर्म्पर्क गर्दा उनीहरूले आफूलाई यो खेलबारे जानकारी नभएको बताएपछि रातारात धान काटेको खेतमा आर्चरीको खेलस्थल निर्माण गरिएको थियो । जसको निर्माणका लागि आर्चरीका पदाधिकारीहरू पनि रातभरि खटेका थिए । आर्चरीका अध्यक्ष लक्ष्मण श्रेष्ठलेे छैटौँमा आर्चरीको प्रतिस्पर्धा झारा टार्ने रूपमा मात्रै भएकोमा निकै आक्रोश पोखेका थिए । श्रेष्ठले सुदूरपश्चिममा राष्ट्रिय प्रतियोगिता गर्नुपर्‍यो भन्दैमा खेलको अस्तित्व नै धरापमा पार्ने कार्य गरिएको आरोपसमेत लगाएका थिए ।

यस्ता थिए छैटौँका स्वागतद्वार
छैटौँ राष्ट्रिय प्रतियोगितामा अतिथिहरूको स्वागतार्थ बनाइएका स्वागतद्वार देख्दा खित्का छोडेर नहाँस्ने कमै थिए । राजमार्गका विभिन्न ठाउँमा बनाएका यस्ता देख्दै लाज लाग्ने ‘कुरूप’ स्वागतद्वारले छैटौँ राष्ट्रिय खेलकुदको प्रतिष्ठालाई समेत आघात पुर्‍याएका थिए । विभिन्न व्यापारिक संस्था, सामाजिक संस्था र नगर विकास समितिले बनाएका यस्ता स्वागतद्वारमा कमसल रातो तुलको मात्र प्रयोग गरिएको थियो । उनीहरूले चारवटा बाँसमा जताभावी रातो तुल बाँधेर माथि केही पनि नराखी स्वागतद्वारको निर्माण गरिएको थियो । स्थानीय बटुवाले ती स्वागतद्वार के उद्देश्य र प्रयोजनका लागि बनाइकाथिए त्यसको अत्तोपत्तोसमेत पाएका थिएनन् । त्यस्ता अशोभनीय स्वागतद्वारको निर्माणमा भने थुप्रै आर्थिक चलखेल भएको सुनिन आएको छ । निर्माणका लागि दुई हजार पनि नपर्ने त्यस्ता स्वागतद्वारको पचासौँ हजारको बिल बनाइएको सूत्रले बताएको छ ।