पृथ्वी राजमार्गको बाँदरे घुम्तिमा सुख्खा पहिरो

पृथ्वी राजमार्गको बाँदरे घुम्तिमा सुख्खा पहिरो


  • विकास रौनियार, धादिङ

पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका-५ बाँदरे घुम्तिमा सुख्खा पहिरो खसेको छ ।

सुख्खा पहिरोको कारण पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले बताए ।

मंगलबार राति पौने ९ बजेतिर सुख्खा पहिरो खसेको हो । अहिले जेसीवीको प्रयोग गरि पहिरो पन्छाउने काम गरि राजमार्ग खुलाउने प्रयास भइरहेको छ । करिव दुई घण्टामा राजमार्ग सुचारु हुने एसपी मिश्रले जानकारी दिएका छन् ।