पूर्वसांसद खेमराज ‘मायालु’को निधन

पूर्वसांसद खेमराज ‘मायालु’को निधन


पूर्वसांसद खेमराज भट्ट ‘मायालु’को ७६ वर्षको उमेरमा ‘क्यान्सर’ रोगबाट गएराति निधन भएको छ । ‘मायालु’को उपचारका क्रममा वीर अस्पतालमा निधन भएको मायालुका भाइ छविलाल भट्टले जानकारी दिएका छन् ।

गणतन्त्रवादी नेताका रूपमा परिचित नेता मायालु २०५६ सालमा बर्दिया क्षेत्र नं ३ बाट नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

विसं २००४ मा डडेल्धुराको डुङ्गरी भन्ने ठाउँमा जन्मिएका उनले नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक यात्रा सुरु गरेका थिए । पछि उनी रामराजाप्रसाद सिंहसँगै रहेर नेपालमा गणतन्त्र स्थापना गर्नका लागि आन्दोलन होमिएका थिए ।

विसं २०४२ को बम काण्डपछि तत्कालीन सरकारले उनको सम्पति सर्वश्वहरण गरेपछि १२ वर्ष भारतमा निर्वासित जीवन बिताएका थिए ।

उनका दुई छोरा छन् भने श्रीमतीको यसअघि नै मिर्गौला रोगका कारणबाट निधन भइसकेको छ । दिवंगत मायालुको आजै पशुपति आर्यघाट अन्त्येन्टि गरिने जनाइएको छ ।