एनआरएनए युरोप संयोजकमा सागर सुवेदीको उम्मेदवारी दर्ता

एनआरएनए युरोप संयोजकमा सागर सुवेदीको उम्मेदवारी दर्ता


एनआरएनएका एक चर्चित अभियन्ता सागर सुवेदीले युरोप संयोजक पदका लागि उम्मेदवारी दर्ता गरेका छन् । एनआरएनएको ११औँ अन्तर्राष्ट्रिय महाधिवेशन भोलि मंगलबार (असोज ३०) देखि काठमाडौंमा आयोजना हुँदैछ । महाधिवेशन उद्घाटनको संघारमा पुगेको बेला एनआरएनए अभियन्ताहरू राजधानीमा भेला भइसकेका छन् भने विभिन्न पदका लागि उम्मेदवारी घोषणा गरिरहेका छन् । यसै क्रममा अष्ट्रियानिवासी युवा अभियन्ता सागर सुवेदीले युरोप संयोजकको उम्मेदवारका रूपमा आफूलाई चुनावी मैदानमा उतारेका हुन् ।

सम्बद्ध स्रोतका अनुसार समाजसेवी एवम् जुझारु युवा अभियन्ता सागरको उम्मेदवारी रोक्न एनआरएनएभित्रकै एक तप्काले भरमग्दूर प्रयत्न गरेको थियो । उम्मेदवारी दर्ताका लागि आवश्यक दुई जना प्रस्तावक र दुई समर्थकलाई भड्काएर उम्मेदवार नै बन्न नदिने चाल चले पनि अन्ततः षड्यन्त्रकारी पक्ष असफल बनेको बुझिएको छ ।

ज्ञातव्य छ, एनआरएनए जस्तो आम गैरआवासीय नेपालीको अभिभावकको रूपमा रहेको संंस्थालाई ‘एलिट’ वर्गका सीमित व्यक्तिले आफ्नो व्यक्तिगत स्वार्थमा प्रयोग गर्दै आएको यथार्थको सागर सुवेदीले विरोध जनाउँदै आएका छन् । यो संस्था आम एनआरएनएको हुनुपर्ने पक्षमा जोडदार आवाज उठाउँदै आएका सुवेदी जस्ता जुझारु र संस्थाप्रति निष्ठावान् व्यक्तिको विजयले खराव प्रवृत्तिका व्यक्तिको क्रियाकलापमा बाधा पुग्ने सुनिश्चित भएकोले उनलाई रोक्ने प्रयास गरिएको रूपमा अर्थ्याइएको छ ।

आफ्नो उम्मेदवारी दर्तासँगै सुवेदीले भनेका छन्- ‘एनआरएनएमा व्यापक सुधारको खाँचो छ, हामी युवा पुस्ता आजको समाजलाई सुहाउँदो एनआरएनए बनाउन चाहन्छौँ ।’

युरोपको सबैभन्दा ठूलो मेडिसिन विश्वविद्यालयमा ‘एकेडेमिक आपतकालीन नर्सिङ अधिकारी’को रूपमा कार्यरत सागर सुवेदीले एनआरएनएको माध्यमबाट मातृभूमिसँग जोडिएर नेपाली समुदायको हितका लागि काम गर्न आफू लालायित रहेको र आफ्नो उम्मेदवारीको सम्बन्धित आम मतदाताले कदर गर्ने विश्वास बोकेको बताए । एनारएनए युरोप उप-संयोजकको जिम्मेवारी कुशलातापूर्वक निर्वाह गरिसकेका सागरको पक्षमा आमतहका एनआरएन सदस्यहरू उभिएका छन् ।

यो पनि हेर्नुहोस्-

एनआरएनए युरोप-संयोजकमा सागर सुवेदीको उम्मेदवारी

https://ghatanarabichar.com/286319