नेपाल एयरलाइन्सको विमान बिग्रिएपछि यात्रुको बास ताल्चामा

नेपाल एयरलाइन्सको विमान बिग्रिएपछि यात्रुको बास ताल्चामा


नेपालगञ्जबाट मुगुस्थित रारा विमानस्थलका लागि उडेको नेपाल एयरलाइन्सको टुइनेटर विमान रारा विमानस्थलमा ग्राउन्डेड भएको छ ।

तीन जना यात्रु र विमानचालक सहितको टोली बोकेर आइतबार बिहान ११ बजे नेपाल एयरलाइन्सको नाइन एनएबियु कलसाइन रारा विमानस्थल पुगेको थियो ।

उक्त विमान १३ जना यात्रु लिएर नेपालगञ्ज उडान भर्ने तयारीमा रहँदा हवाइजहाजको ब्याट्रीमा समस्या आएपछि ग्राउन्डेड भएको हो ।

जहाजमा समस्या आएपछि तत्कालै नेपालगञ्जबाट इन्जिनियर झिकाइ चेक गर्दा जहाजको ब्याट्रीमा समस्या देखिएको थियो ।

नेपालगञ्जबाट ब्याट्री झिकाएपछि मात्र १३ जना यात्रुसहित जहाज सोमबार नेपालगञ्जका लागि उड्ने नेपाल एयरलाइन्स रारा स्टेसन इञ्चार्ज नेत्र भामले जानकारी दिएका छन् ।

नेपालगञ्जका लागि नेपाल एअरलायन्सको टिकट लिएका यात्रुहरू ताल्चाका होटेलहरूमा बास बसेका छन् ।

file photo