पर्सामा दुई युवाबाट खैरो हिरोइन बरामद

पर्सामा दुई युवाबाट खैरो हिरोइन बरामद


भारतबाट नेपाल ल्याउँदै गरेको खैरो हेरोइन पर्सा प्रहरीले बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका-१६ रजत जयन्तीचोकमा भारतबाट वीरगञ्जतर्फ आउने सवारी साधन तथा पैदल यात्रीहरूलाई चेकजाँच गर्ने क्रममा ना३०प ७७४६ नम्बरको स्कुटीबाट ६ सय २० मिलिग्राम खैरो हेरोइन बरामद भएको हो ।

मकवानपुरको हेटौँडा उपमहानरपालिका-१ का २४ वर्षीय समीप श्रेष्ठ र २८ वर्षीय सुवास पौडेलले लगाएको हुडीभित्र बाँयाहातको भागमा राखेर ल्याएको उक्त खैरो हेरोइन प्रहरीले बरामद गरेको हो ।

यस्तै, रजत जयन्ती चोकमा नै प्रहरी चौकी इनर्वाको प्रहरीले भारतबाट ल्याउँदै गरेको नाइट्राजेपाम नाइजा एक्यान ७० ट्याब्लेट बरामद गरेको छ ।

ंमकवानपुरको हेटौँडा-१४, मयूरधापका २८ वर्षीय साजन पौडेलले भारतबाट पैदल हिँडेर ल्याएको उक्त लागूऔषध बरामद गरिएको पर्सा प्रहरी प्रवक्ता डिएसपी कुमारविक्रम थापाले बताए ।