सुन गाल्ने कारखानामा छापा

सुन गाल्ने कारखानामा छापा


७ करोड ९२ लाख रुपैयाँको ६ सय ६९ तोला सुन बरामद

  • सुरेन्द्र सुवेदी, काठमाडौं

राजधानीको न्युरोडमा सुन गाल्ने कारखानामा प्रहरीले छापा मारेको छ । सुन कारखानामा सुन गालिरहेको अवस्थामा प्रहरीले ७ किलो ८ सय ग्राम सुन बरामद पनि गरेको छ । जसको आजको बजार मूल्यअनुसार ७ करोड ९२ लाख ९ हजार रुपैयाँ हुन आउँछ ।

उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंले गए राति न्युरोडमा रहेको सुन गाल्ने कारखानामा छापा हानेको कार्यालयका प्रवक्ता एसपी रविन्द्र रेग्मीले घटना र विचारलाई बताए । एसपी रेग्मीका अनुसार कारखाना सञ्चालक कैलाली स्थायी घर भएका ४१ वर्षीय पदमप्रसाद पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

न्युरोडमा रहेको न्यु ओमपर्ल गोल्ड प्रालिका सञ्चालक रहेका पाण्डे काठमाडौंको सानोभर्‍याङ बस्दै आएका छन् । पाण्डेले न्यूरोडमा सुन पसल चलाउनुका साथै अवैध सुन गाल्ने कारखानासमेत सञ्चालन गरेको पाइएकोले पक्राउ गरिएको एस्पी रेग्मीले बताए । उनले भने, ‘थप अनुसन्धानकै क्रममा छ, केही नयाँ तथ्यहरु आउन सक्छन् ।’