दुई दिनमा १६ किलो सुन बरामद

दुई दिनमा १६ किलो सुन बरामद


  • सुरेन्द्र सुवेदी, काठमाडौं

प्रहरीले राजधानी प्रवेशको मूल नाका नागढुंगाबाट दुई किलो सुन बरामद गरेको छ । रसुवा नाकाहुँदै अवैध रुपमा सुन काठमाडौं ल्याइँदै गरेको सुचना पाएपछि प्रहरीले उक्त सुन बरामद गरेको जनाएको छ । अपराध अनुसन्धान कार्यालय, काठमाडौंका एसपी रविन्द्र रेग्मीका अनुसार प्रहरीले सुन बरामद गरेर तीन जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेकाको नाम अझै सार्वजनिक भएको छैन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुबईबाट आएका गोरखाका चन्द्र घलेको साथबाट हिजोमात्र १४ किलो सुन बरामद भएको थियो । उक्त सुन प्रकरणमा घलेसहित २ जना पक्राउ परेका छन् । यो सुन सेटिङ नमिलेका कारण बरामद भएको हो । एयरपोर्टका कर्मचारीमा भागबण्डा नमिलेपछि बरामद गर्नु परेको श्रोतहरूले घटना र विचारलाई बताए ।

१ किलो सुनमा ८५ दशमलव ७३ तोला हुन्छ । त्यति सुन भन्सार नतिरी ल्याउँदा १४ लाख फाइदा हुन्छ । उक्त १४ लाख रुपैयाँ नाफा हुनाले नै सुन तस्करी हुने गरेको हो ।