रणनीतिक महत्वको लेटाङ ६ नम्बर बुधबारे सडक शिलान्यास

रणनीतिक महत्वको लेटाङ ६ नम्बर बुधबारे सडक शिलान्यास


कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले २९ दशमलव ६० किलोमिटर लम्बाइको लेटाङ ६ नम्बर बुधबारे सडकको शिलान्यास गरेका छन् ।

शुक्रबार पूर्वाधार विकास कार्यालयले लेटाङमा आयोजना गरेको सडक शिलान्यास कार्यक्रममा मुुख्य मन्त्री कार्कीले रणनीतिक योजनाको सडकको शिलान्यास गरे ।

पाँचथरको मिक्लाजुङ गाउँपालिका र धनकुटाको चौबिसे गाउँपालिकासाथै इलाम तथा ताप्लेजुङका स्थानीयलाईसमेत प्रदेशको राजधानी विराटनगर आउन छिटो पर्ने सडक रणनीतिक योजनाको सडक भएको मुख्यमन्त्री कार्कीले शिलान्यापछि बताए । उनले भने, ‘सडक निर्माणपछि त्यस भेगका कृषि उत्पादन बजारसम्म पु¥याउनका साथै उत्पादनमा लाग्ने साधनश्रोतलाई किसानसम्म पु¥याउनका लागि महत्वपूर्ण हुन्छ ।’

अब अन्य आयोजनाको छनौट गरेर आवस्यक्ताका आधारमा निर्माण हुने बताउँदै मुख्यमन्त्री कार्कीले सम्पन्नता गर्ने ग्यारेन्टीसहित योजना छनौट हुने बताए ।

यो सडकको सन्तोषी–जोया एण्ड ब्रोदर्स जेभीले २०८३ वैशाख २८ गते सम्पन्न गर्ने गरी ८७ करोड तीन लाख ५३ हजार २७ रुपैयाँमा ठेक्का सम्झौता गरेको छ । निर्माण व्यवसायीका सञ्चालक भीम पौडेलले समयमै गुणस्तरीय काम गरेर सडक हस्तान्तरण गर्ने बताएका छन् ।