क्रिकेटर सन्दीपविरुद्धको मुद्दाको पेसी आज

क्रिकेटर सन्दीपविरुद्धको मुद्दाको पेसी आज


क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा सुनुवाइका लागि आज पेसी तोकिएको छ । जिल्ला अदालत काठमाडौंले पटक पटक सार्दै आएको मुद्दाको फैसलाको सुनुवाइको पेसी आजका लागि तोकिएको हो ।

सर्वोच्च अदालतले गत फागुनमा नै फैसला गर्न आदेश दिएकोमा पटक-पटक सर्दै आएको पेसी आजका लागि पुनः तोकिएको हो।

जिल्ला अदालत काठमाडौंले विभिन्न प्रमाणित कागजात माग गर्दै आएकोमा यसअघि कात्तिक २३ गते अदालतका न्यायाधीश केशव घिमिरेको इजलासले मंसिर २२ गतेसम्म बहस नोट माग्न आदेश गरेका थिए।

अदालतको आदेशबमोजिम दुवै पक्षका कानुन व्यवसायीले लिखित रुपमा बहस नोट बुझाइसकेका छन् । गत कात्तिक २३ गते दुवै पक्षलाई मंसिर २२ गतेभित्र बहस नोट बुझाउन आदेश भएको थियो।