त्रिभुवन विमानस्थल भन्सार कार्यालयले त्रिभुवन विमानस्थलबाट साढे ६ किलो सुनसहित विदेशी नागरिकलाई पक्राउ गरेको छ । कार्यालयले पक्राउ लसिमले पाउडर बनाएर ल्याएको साढे ६ किलो सुन बरामद गरेको हो ।
भन्सार कार्यालय र त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयको टोलीले शनिबार राति दुबईबाट ल्याइएको ६ किलो पाँच सय ९० ग्राम सुनसहित इजिप्टका नागरिक मोहमद मोगामद लसिमलाई पक्राउ गरेको हो ।
दुबईबाट फ्लाई दुबईको उडान नम्बर एफजेड ५९७ बाट आएका सालेहलाई शनिबार राति पक्राउ गरिएको विमानस्थल भन्सार कार्यालयका प्रमुख टेकराज पाण्डेले जानकारी दिएका छन् । सो कार्यालयले उक्त सुन कारोबारीका सम्बन्धमा अन्य दुईजना विदेशी नागरिकलाई पक्राउ गरेको बताइएको छ ।
पक्राउ परेका व्यक्तिको विस्तृत विवरण खुलाइएको छैन ।
प्रतिक्रिया