रेडक्रसबाट पाण्डे र कार्की सम्मानित

रेडक्रसबाट पाण्डे र कार्की सम्मानित


रेडक्रसको भक्तपुरमा रहेको बालकोट उपशाखाले उत्कृष्ट स्वयंसेवकलाई सम्मान गरेको छ । सीता पाण्डे र रञ्जनविक्रम कार्कीलाई सम्मान गरेको हो ।

उपशाखाले सात दिनको उद्घोषण तालिममा सहभागीहरुलाई प्रमाणपत्रसहित सम्मान गरेको उपशाखाका सभापति दिवाकर सिलवालले बताए ।

उपशाखाको २३औं साधारणसभा रेडक्रसको भक्तपुर शाखाका कार्यवाहक महामन्त्री मनोजकुमार थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

कार्यक्रममा रेडक्रसका भक्तपुर कार्यवहाक सभापति कृष्णेश्वरी हाडा, मन्त्री परशुराम पाण्डे, जिल्ला रेडक्रसका वर्तमान सदस्य तथा उपशाखाका पूर्व सभापति लवकुमार कार्की, शाखाका सस्थापक सभापति उद्धव सिलवाल, पूर्व सभापति राजन खड्का र चन्द्र श्रेष्ठसमेतले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा उपशाखाका सभापति सिलवालले रेडक्रसले मानवीय रुपमा सहयोग गरिरहेको र आउने दिनमा पनि यस्तो सहयोग जारी रहने बताए । उनले भने- ‘हामी हरेक साताको शनिबार रक्तदान कार्यक्रम गरेर रगत चाहिने बिरामीलाई सहयोग र जनचेतनामूलक कार्यक्रम पनि निरन्तर गर्ने छौं ।’ उनले बालकोट उपशाखा देशकै उत्तम रेडक्रसको रुपमा चिनाउने ध्याउन्नमा रहेको पनि बताए ।

कार्यक्रमको उद्घाटन भक्तपुर रेडक्रसका कार्यवहाक महामन्त्री थापाले गरेका थिए ।