जेलमुक्त गराइदिने भन्दै करोड ठगी गर्नेहरु पक्राउ

जेलमुक्त गराइदिने भन्दै करोड ठगी गर्नेहरु पक्राउ


थुनामुक्त गराइदिन्छु भनी करोड रकम ठगी गर्ने व्यक्तिहरू पक्राउ परेका छन् ।

आपराधिक विश्वाशघात र संगठित अपराध मुद्दामा केन्द्रीय अनुसन्धान ब्यूरोबाट पक्राउ परी सम्मानित काठमाडौं जिल्ला अदालतको आदेशले पुर्पक्षको लागि कारागार कार्यालय जगन्नाथ देवल थुनामा गएका जिल्ला सुर्खेत, वीरेन्द्रनगर न.पा. वडा-५ घर भएका रेवन्त खड्काको मुद्दा मिलाइ थुनामुक्त गराइदिन्छु भनी निजका बाबु अमरबहादुर खड्काबाट पटक-पटक गरी ९९ लाख ७५ हजार रुपैयाँ ठगी गर्ने दुई जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा भोजपुरको हतुवागढी स्थायी घर भएकी २६ वर्षीया रितु राई र बर्दियाको पाताभार-१ का २१ वर्षीय निरेश चौधरी हुन् । उनीहरूलाई आवश्यक कानुनी कारवाही शुरु गरिएको प्रहरीको भनाइ छ ।