म्यानमारमा लगेर बन्धक बनाउने युवति पक्राउ

म्यानमारमा लगेर बन्धक बनाउने युवति पक्राउ


नेपाली युवायुवतिलाई म्यानमार लगेर अनलाइन ठगी गर्न लगाउने एक युवति पक्राउ परेकी छन् ।

थाइल्याण्डमा रहेको चिनियाँ कम्पनीमा कम्प्युटर टाइपिङको राम्रो रोजगारीको प्रलोभन देखाइ बिजनेस भिसामा दुई युवालाई झुक्याएर म्यानमारको म्यावडीस्थित चिनियाँ कम्पनीमा पुर्याइ बन्धक बनाएर दिनको १८–२० घण्टासम्म दास तुल्याइ अनलाइन ठगी गर्न लगाउने युवति पक्राउ परेका हुन् ।

गोरखाकोे धार्चे–४ की २७ वर्षीया कविता गुरुङलाई प्रहरीको मानव बेचबिखन ब्युरोले पक्राउ गरेको हो ।

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतले ७ दिनको म्याद दिएको र थप अनुसन्धान भइरहेको ब्युरोका एसपी कृष्णप्रसाद पंँगेनीले घटना र विचारलाई बताए ।