कांग्रेसका पुराना नेता मेहताको निधन

कांग्रेसका पुराना नेता मेहताको निधन


सुनसरीको देवानगञ्ज गाउँपालिकाका पूर्वअध्यक्ष तथा नेपाली कांग्रेसका पुराना नेता लालीप्रसाद मेहताको गएराति निधन भएको छ ।

उनानसत्तरी वर्षीय मेहताको उपचारका क्रममा विराटनगरस्थित विराट टिचिङ अस्पतालमा मृत्यु भएको हो ।

नेपाली कांग्रेस सुनसरीका सभापति केदार भण्डारीका अनुसार हृदयघातपछि मेहतालाई अस्पताल भर्ना गरिएको थियो । उनी कांग्रेस महाधिवेशन प्रतिनिधि र पूर्वजिल्ला सदस्यसमेत थिए ।

दिवंगत मेहताको आज धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिने बताइएको छ ।