सात सचिवको सरुवा

सात सचिवको सरुवा


मन्त्रिपरिषद् बैठकले सात जना सचिवको सरुवा गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले खानेपानी मन्त्रालयका सचिव रामआधार साहको राष्ट्रिय सतर्कता केन्द्रमा र केन्द्रमा रहेका सुरेश आचार्यलाई खानेपानी मन्त्रालय सरुवा गरेको हो ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देललाई मन्त्रालयकै ऊर्जा सचिवमा सरिता दवाडी जल तथा ऊर्जा आयोगको सचिवालयमा, आयोगमा रहेका सुशीलचन्द्र तिवारी ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमा सरुवा भए ।

कोशी प्रदेशका प्रमुख सचिव डा. दीपक काफ्ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा, नारायणप्रसाद शर्मा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएका भएका छन् ।

photo: rss