परीक्षाको प्रश्नपत्र दिने बहानामा यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

परीक्षाको प्रश्नपत्र दिने बहानामा यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ


रामेछापको लिखुतामाकोशी गाउँपालिका-७ मा रहेको नवदर्शन माध्यमिक विद्यालयका शिक्षक मानबहादुर सार्की यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन् ।

सोही विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा निजलाई पक्राउ गरिएको हो ।

रामेछापका प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुलीका अनुसार पीडित छात्राले आफूमाथि शिक्षक सार्कीले यौन दुर्व्यवहार गरेकाले कारबाहीका निम्ति आवेदन गरेपछि अभियुक्तलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको हो ।

प्रहरीका अनुसार अभियुक्तले गत मङ्सिर २७ गते दिउँसो विद्यालयबाहिरको एउटा घरमा बोलाएर परीक्षाका लागि तयार पारेको प्रश्नपत्र प्रदान गर्ने बहानामा निजमाथि यौन दुर्व्यवहार गरेका थिए ।

photo: rss