पेटेन्ट विवादका कारण एप्पलद्वारा दुई सिरिजका स्मार्ट वाच नबेच्ने घोषणा

पेटेन्ट विवादका कारण एप्पलद्वारा दुई सिरिजका स्मार्ट वाच नबेच्ने घोषणा


यदि तपाइईं एप्पलको पछिल्लो स्मार्टवाच श्रृंखला खरिद गर्ने योजनामा ​​हुनुहुन्छ भने अहिलेको लागि रोकिनुहोस् । हो, अब तत्काल तपाईं यसलाई किन्नुहुने छैन । वास्तवमा कम्पनीले अमेरिकामा वाच अल्ट्रा २ र ९ सिरिजको बिक्रीमा प्रतिबन्ध लगाएको छ । र, यो चाँडै अमेजन र अन्य ई-कमर्स वेबसाइटहरूबाट पनि बिक्रीका लागि हटाइनेछ । यस्तो परिस्थिति निम्तिनुको कारण हो- यसको पेटेन्ट विवाद ।

अमेरिकामा यी एप्पल स्मार्टवाचहरू गत बिहीबारदेखि अनलाइन र कम्पनीको वेबसाइट र स्टोरहरूमा आइतबारदेखि उपलब्ध भएका छैनन् ।

अक्टोबरमा अन्तर्राष्ट्रिय व्यापार आयोगले मेडिकल टेक्नोलोजी कम्पनी मासिमोसँग बौद्धिक सम्पत्ति विवादको एक भागको रूपमा रगत अक्सिजन मापन सुविधा भएको एप्पल घडीहरू प्रतिबन्ध लगाउने निर्णय गरेकोले एप्पलले यो निर्णय गरेको हो । आईटीसीको यो निर्णय समीक्षा गर्न व्हाइटहाउससँग ६० दिनको समयसिमा थियो । यस अवधिमा पनि कम्पनीले आफ्नो घडी बिक्री जारी राख्यो । तर, अब एप्पलले अहिले अमेरिकामा वाच अल्ट्रा २ र ९ सिरिज नबेच्ने निर्णय गरेको छ । कम्पनीले यदि आईटीसीले आफ्नो निर्णय परिवर्तन नगरेमा त्यसलाई सम्बोधन गर्न आवश्यक सबै कदम चाल्ने र सकेसम्म चाँडो घडी बिक्री पुनः सुरु गर्ने पनि जनाएको छ।

आईटीसीको आदेशमा ब्लड अक्सिजन फिचर भएका स्मार्ट वाचमा प्रतिबन्ध लगाइएको छ । यो नभएको घडी अर्थात् एप्पल वाच एसई भने अमेरिकामा बेचिनेछ । मानिसहरूले पहिले नै खरिद गरिसकेका स्मार्ट घडीहरूमा कुनै आईटीसी नियम लागू हुने छैन।