- इन्दीप कोइराला, बारा
बुधबार बिहान पूर्व-पश्चिम राजमार्ग अन्तर्गत जितपुरसिमरा उपमहानगरपालिका २२ स्थित तीन नम्बर पुलनजिक बस र ट्रक एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्।
मृत्यु हुनेमा ट्रकचालक तनहुँ जिल्ला पिपरटार निवासी २८ वर्षीय पुर्ण गुरूङ, बसचालक मकवानपुर जिल्ला हेटौँडा उपमहानगरपालिका ३ निवासी ४० वर्षीय हरि शम्सेर सुयाल थापा र परिचय नखुलेका करिब ३४ वर्षीय पुरूष रहेका छन् । उनीहरुको हेटौँडा सरकारी अस्पतालमा उपचारको क्रममा मृत्य भएको प्रहरीले जनाएको छ ।
काकडभिट्टाबाट काठमाडौं जाँदै गरेको बा.३–००१ ख २५८७ नम्बरको यात्रु बस र विपररी दशाबाट आइरहेको ना ७ ख ७३०० नम्बरको ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो । दुर्घटना हुँदा ट्रक रोड भन्दा तल्ल खस्न पुगेको छ ।
गम्भीर घाइते (पुरानो मेडिक्ल क्लेज चितवन रिफर गरिएका) को नामावली
तनहुँ जिल्ला बन्दिपुर ६ निवासी १७ वर्षीय तेजकुमार गुरूङ, सुन्सरी जिल्ला भाति २ निवासी ३० वर्षीय खिलराज दुलाल, सुन्सरी जिल्ला इटहरी ४ निवासी ४० वर्षीय सुरेन्द्र गौतम, उनकी श्रीमती ३५ वर्षीया सम्झना गजुरेल, उनकी छोरी १२ वर्षीया सोराय गौतम, उनका छोरा ३ वर्षीय सोडनेम गौतम र बसका सह-चालक झापा जिल्ला दमक निवासी ३५ वर्षीय नगेन्द्र उपरेतीको अवस्था गम्भीर रहेको छ । उनीहरुलाई हेटौँडा सरकारी अस्पतालमा उपचार गरि पुरानो मेडिक्ल क्लेज चितवनमा रिफर गरिएको छ ।
कार्की मेडिक्ल अमलेखगञ्ज बारामा उपचाररतको नामावली
इलाम जिल्ला माइजुमा ५ निवासी ३० वर्षीय विनोद तामाङ, सोही जिल्लाका चुलाछुटी ५ निवासीे ३६ वर्षीय वीरबाहादुर तामाङ, सङखुवासभा जिल्ला मावि ९ निवासी ३० वर्षीय चन्द्र बहादुर तामाङ, सोही स्थानका २४ वर्षीय विर्खबहादुर तामाङ, इलाम जिल्ला चुलाडुली ३ निवासी ३६ वर्षीय मनोज कुमार लिम्बु, सोही स्थानका २० वर्षीय प्रवेश पटेल, झापा जिल्ला कमल ५ निवासी १९ वर्षीय पुणम गुरुङ, सोही जिल्ला अर्जुनधारा ११ निवासी ४९ वर्षीय हरि नारायण विश्वकर्मा, सुन्सरी जिल्ला इटहरी ६ निवासी ५४ वर्षीय अनिल कुमार थापा, झापा जिल्ला बारदसी २ निवासी ४२ वर्षीय धनबहादुर लिम्बु, सोही जिल्ला कमल ६ निवासी २० वर्षीय नयन खनाल, भरतको आन्नचल प्रदेश निवासी ५२ वर्षीया सिडिमाया, सोही स्थानका १९ वर्षीय छिरीङ पालेदेन, सोही स्थानका ५२ वर्षीय नामा एमसे, सोही स्थानका ४२ वर्षीय श्रीग धौगा सोही स्थानका ४७ वर्षीय पासाङ काण्डु, भरत कालेगुङ निवासी २५ वर्षीया छोमी लोप्चा, उनका श्रीमान २९ वर्षीय नामग्याल डोर्जे, उनका छोरी २ वर्षीया माया लोप्चा र ट्रकका सह-चालक उर्लाबारी जिल्ला निवासी २१ वर्षीय अमी श्रेष्ठ रहेका छन् ।
प्रतिक्रिया