राष्ट्रिय सभा सदस्य निर्वाचन : मतदान स्थल तथा मतदान केन्द्र निर्धारण

राष्ट्रिय सभा सदस्य निर्वाचन : मतदान स्थल तथा मतदान केन्द्र निर्धारण


आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगले आज प्रत्येक प्रदेशमा एकएक वटा मतदान स्थल र सोही मतदान स्थलमा दुई-दुई वटा मतदान केन्द्र रहने गरी जम्मा ७ मतदान स्थल र १४ वटा मतदान केन्द्र तोकेको छ ।

कोशी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, विराटनगर र मधेश प्रदेशका लागि महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुरधाममा केन्द्र तोकिएका छन् ।

यस्तै, बागमती प्रदेशका लागि भुटनदेवी मावि प्राविधिक शिक्षालय, प्राविधिक भवन, हेटौडा, गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, पोखरा र लुम्बिनी प्रदेशका लागि कर्मचारी मिलन केन्द्रको भवन, घोराही तोकिएको आयोगले जनाएको छ ।

कर्णाली प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, सुर्खेत र सुदूरपश्चिमम प्रदेशका लागि प्रदेश सभा भवन, धनगढीलाई मतदान स्थल तोकिएको छ ।

तोकिएका मतदान स्थलमा प्रदेशसभाका सदस्यले मतदान गर्न र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्नका लागि बेग्ला बेग्लै मतदान केन्द्रहरू रहनेछन् । मतदान केन्द्रको विवरण आयोगको वेवसाइटमा समेत प्रकाशन गरिएको छ ।