२०८० मा एसइई परीक्षा हुँदैन भन्ने भ्रममा नपर्न आग्रह

२०८० मा एसइई परीक्षा हुँदैन भन्ने भ्रममा नपर्न आग्रह


एसइईमा कम्तीमा ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने

२०८० सालमा सञ्चालन हुने एसइई परीक्षामा विद्यार्थीले कम्तीमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले बताएका छन् । नेशनल प्याप्सन भक्तपुरले शैक्षिक वर्ष २०८० को एसइईमा सम्मिलित हुने विद्यार्थीका लागि आयोजित परीक्षा मार्गनिर्देशन कार्यक्रममा बोर्डअध्यक्ष शर्माले २०८० मा एसइई परीक्षा हुँदैन भन्ने भ्रममा नपर्न विद्यार्थीलाई आग्रह गरे ।

बोर्डका अध्यक्ष डा. शर्माले भने, ‘एसइईमा अब एनजी (कुनै विषयमा ३५ प्रतिशत अङ्क नल्याएमा ननग्रेड हुन्छ) प्रणाली लागू हुँदैछ । यस वर्षकै एसइई परीक्षाबाट नयाँ ग्रेडिङ प्रणाली लागू गर्ने भएकाले अब उच्च शिक्षा अध्ययन गर्नका लागि विद्यार्थीले एसइईमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने हुन्छ ।’

कार्यक्रममा प्रसिद्ध उत्प्रेरक डा. ताराप्रसाद गिरीले स्कुल जीवनमा नै भविष्य बनाउनुपर्ने भन्दै शिक्षक एवं आमाबुबाको मार्गनिर्देशनमा हिँड्ने व्यक्ति सफल हुने धारणा राखे भने नेशनल प्याव्सन भक्तपुरका अध्यक्ष सञ्जय खड्काले अक्षराङ््क प्रणालीका कारण नपढे पनि उत्तीर्ण भइन्छ भन्ने विद्यार्थी र अभिभावक अझै भ्रममा रहेको बताए । यस्ता भ्रममा नपरी सिकाइलाई मजबुद बनाउँदै लैजान विद्यार्थीलाई उनले आग्रह गरे ।