गाई काटेर मासु भाग लगाउँदै गर्दा तीन अभियुक्त पक्राउ

गाई काटेर मासु भाग लगाउँदै गर्दा तीन अभियुक्त पक्राउ


  • विशेष प्रतिनिधि, कपिलवस्तु

कपिलवस्तुको वाणगङ्गामा गाई काटेर मासु भाग लगाउँदै गर्दा तीन जना पक्राउ परेका छन् । बाणगङ्गा वडा नं. १० भावपुर बस्ने वर्ष २० का सुरज बिकको घरमा गाईको मासु काटेर भाग लगाउँदै गर्दा उनीहरू पक्राउ परेका हुन् । शनिबार राति करिब ११ बजे उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुुसार पक्राउ पर्नेमा बुद्धभूमि-१० हरिहरपुर बस्ने वर्ष ५५ को बर्साती थारू, रूपन्देही कञ्चन गाउपालिका वडा नं ५ भैसियाइ बस्ने वर्ष ३० को श्रीधर टमटा र बाणगङ्गा १० भावपुर बस्ने वर्ष २० को सुरज बिक रहेका छन् ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक गोपाल रायमाझीको कमान्डमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट अन्दाजी एक क्विन्टल गाईको मासु बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरूलाई जिल्ला अदालत कपिलवस्तुबाट पाँच दिनको म्याद थप गरि आवश्यक अनुसन्धान भैइरहेको रायमाझीले बताए ।