सन्दीप लामिछानेविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा बुधबार

सन्दीप लामिछानेविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा बुधबार


जिल्ला अदालत काठमाडौंमा क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दा अन्तिम सुनुवाइ प्रारम्भ भए पनि बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ ।

न्यायाधीश शिशिरराज ढकालको इजलासमा आइतबार (८ पुस) देखि निरन्तर सुनुवाइ सुरु गरिएको र बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा बुधबारका लागि राखिएको हो । सोमबार र मङ्गलबार सार्वजनिक बिदा परेर अदालत पनि बन्द रहने भएकाले सुनुवाइ बुधबार हुने भएको हो ।

यसअघि पुर्पक्षका लागि थुनामा पठाइएका सन्दीपलाई उच्च अदालत पाटनले रु २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । सर्वोच्च अदालतले लामिछानेलाई विदेशका प्रतियोगितामा भाग लिन जान पाउने आदेश गरेको थियो ।