सीजी सिमेन्टमा तालाबन्दी

सीजी सिमेन्टमा तालाबन्दी


पाल्पाको रैनादेवी छहरा गाउँपालिका-२ सोमादीमा रहेको सीजी सिमेन्ट उद्योगमा तालाबन्दी गरिएको छ । स्थानीय वासिन्दाले उद्योगको कार्यालयमा तालाबन्दी गरेका छन् । पटक-पटक अनुरोध गर्दासमेत स्थानीयका माग पूरा नगरेको भन्दै तालाबन्दी गरिएको हो ।

उद्योगले धुलो-धूवाँ गराएको, कम्पनीका कामदारले जथाभावी फोहोर गरेको, वातावरणीय प्रदूषण बढाएको स्थानीयको आरोप छ ।

रैनादेवी छहरा गाउँपालिकाका-२ का वडाअध्यक्ष दानबहादुर पौडेल, स्थानीय बासिन्दा र कम्पनीका प्रतिनिधिबीच वार्ता भइरहको बुझिएको छ ।