बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु


रामेछापको मन्थलीबाट काठमाडौंतर्फ आउँदै गरेको अरनिको बसले विपरीत दिशाबाट गइरहेको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । मोटरसाइकलमा सवार एक जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

रामेछापको मन्थलीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१-००६ ख ४५९३ नं को पूर्वअरनिको यातायात सेवा समितिको बसले काठमाडौंबाट खुर्कोटतर्फ जाँदै गरेको बा ६० प ३५४५ नं को मोटरसाइकललाई आज बिहान सुनकोशी गाउँपालिका बोहोरेटार-३ मा ठक्कर दिँदा मोटरसाइकलमा पछाडि बस्ने खोटाङ जिल्ला दिक्तेल नगरपालिका-१० रुपाकोटकी १८ वर्षीया मुनाकला राईको घटनास्थलमै मृत्यु भएको हो

प्रहरीले जनाएअनुसार खोटाङ जिल्ला तुवाचुङ नपा-२ का मोटरसाइकलचालक कुमार राईको भने उपचारका लागि स्थानीय खाल्टे अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ । मन्थली नपा वडा नं-१३ फुलासीका २४ वर्षीय बसचालक रुपेश अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

घटनापछि स्थानीयले सो बसमा आगजनी गरेका छन् । बसमा आगो लगाएपछि आज बिहानदेखि सो राजमार्गमा सवारी आवागमन बन्द भएको छ ।