४२ दिने शिशुको जन्मजातै हर्निया, काठमाडौं मेडिकल कलेजमा शल्यक्रिया

४२ दिने शिशुको जन्मजातै हर्निया, काठमाडौं मेडिकल कलेजमा शल्यक्रिया


एक जन्मजात शिशुको जन्मदै भएको हर्नियाको सफल शल्यकृया भएको छ । काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल (केएमसी) ले ४२ दिनको शिशुमा भएको हर्नियाको ल्याप्रोस्कोपी विधिबाट सफलतापूर्वक शल्यक्रिया गरेको हो ।

केएमसीले मिनिमल एसेस सर्जरी प्रविधिबाट जन्मजातै हर्निया भएको शिशुको सफलतापूर्वक शल्यक्रिया गरेको केएमसीका बाल रोग विशेषज्ञ सर्जन डाक्टर आशिषलाल श्रेष्ठले बताए । बालकक भक्तपुरको चाँगुनारायण नगरपालिका-१ स्वतीखेलका बसन्त खड्काको शिशुको हर्नियाको टिमले सफलतापूर्वक शल्यक्रिया गरेका हुन् ।

लगातार बालक रोएपछि केएमसी ल्याइएका शिशुको स्वास्थ्य जाँच गर्ने क्रममा हर्निया भएको पाइएको थियो । त्यसपछि तत्कालै भर्नागरी भोलिपल्टै मिनिमल एसेस सर्जरीमार्फत हर्निया निकालिएको बालरोग सर्जन डाक्टर श्रेष्ठले बताए । ‘शिशुको जन्मजातै दुवैतर्फ हर्निया थियो । सामान्यतया साना शिशुहरूको शल्यक्रिया गर्नु ठूलै जोखिम हुने भएकाले हामीसँग भएको अत्याधुनिक मिनिमल एसेस सर्जरी प्रविधि अनुसार नाइटोको छेउमा ३ एमएमको २ वटा प्वाल पारेर अप्रेसन गरेका हौं । अहिले बच्चाको अवस्था एकदम ठिक छ’, डा. श्रेष्ठले भने ।

‘अप्रेसनमा लैजानुअगाडि डाक्टरहरूले स्वासप्रस्वासमा समस्या भए चिरेर भएपनि गर्नुपर्छ भन्नुभएकोले बच्चा बाँचेर फर्किने होकि हैन भन्ने चिन्ता थियो । तर, केही भएन, अप्रेसन सफल भयो’, शिशुका बुबा खड्काले भने ।