दुई दिनअघि अपहरणमा परेकी दुई वर्षकी बालिकालाई अपहरणकारीबाट प्रहरीले मुक्त गराएको छ । भक्तपुरको गोठाटारमा बस्दै आएका परिवारकी छोरीलाई काठमाडौंको गौशालबाट यही पुस १० गते अपरहरण गरिएको थियो ।
सिन्धुपालचोक घर भएका र हाल भक्तपुर गोठाटार बस्ने परिवारकी छोरी अपहरणमा परेको सूचनापछि काठमाडौं अपराध अनुसन्धान कार्यालयमा बालिकाका अभिभावकले उजुरी गरेका थिए ।
कार्यालयले प्रहरी परिसर काठमाडौं र भक्तपुरको सहयोगमा सकुशल उद्दार गरी पीडितलाई जिम्मा लगाएको कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले जानकारी दिए । एसपी रेग्मीका अनुसार रामेछाप स्थायी घर भएका र हाल भक्तपुरको बालकोट बस्ने ३७ वर्षीय राज नेपालले ती बालिकालाई अपहरण गरेका थिए ।
प्रहरीले अनुसन्धानका क्रममा भक्तपुरको बालकोट-३, पानीटंकीबाट अपहरण मुक्त गरेको हो । यो अपहरणको मुद्धा प्रहरी परिसर, काठमाडौंलाई जिम्मा लगाएको एसपी रेग्मीको भनाइ छ ।
प्रतिक्रिया