नेपालबाट अजरबैजानसम्म पनि मानवतस्करी !

नेपालबाट अजरबैजानसम्म पनि मानवतस्करी !


रुस, युक्रेन, क्रोएसीयामा मानव तस्करी गर्दै आएका गिरोह अब अजरबैजानसम्म तस्करीमा लागेको पाइएको छ । हालै एक युवासित साढे ६ लाख ७७ हजार रुपैयाँ लिएर ठगी गरेका राजधानीको बुढानीलकण्ठ-२ बस्दै आएका ५१ वर्षीय हरिकुमार दाहाल फक्राउ परेपछि यस्तो खुलासा भएको हो ।

दाहालले खेमबहादुर डाँगीलाई वैदेशिक रोजगारीको लागि अजरबैजान पठाउने भन्दै उक्त रकम लिएको खुलेको छ । मासिक ७० हजार रुपैयाँ तलब र राम्रो होटलमा काम लगाउने भन्दै उनले डाँगीलाई ठगी गरेका थिए ।

ठगीमा परेको पत्तो पाएपछि डाँगी वैदेशिक रोजगार विभाग गुहार्न पुगे । विभागबाट काठमाडौं अपराध अनुसन्धान कार्यालयमा पत्र आयो र, कार्यालयले अनुसन्धान थाल्यो । बुधबार साँझ कार्यालयको टोलीले दाहाललाई पक्राउ गरेको छ । उनलाई आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको कार्यालयका प्रवक्ता एसपी रविन्द्र रेग्मीले घटना र विचारलाई बताए ।