‘प्रहरी केही क्षण उभिएमा अध्यागमनका कर्मचारीले गृहमन्त्रालयमा र भन्सारका कर्मचारीले अर्थमन्त्रालयमा खबर गरिहाल्छन्,’ एक प्रहरी भन्छन्, ‘प्रहरी आएर काम गर्न दिएन भनी चुक्ली लगाउँछन् ।’ प्रहरी त्यहाँ रहँदा सेटिङको काम नहुने भएकोले त्यहाँ प्रहरीहरू उभिन पनि पाउँदैनन् ।
- सुरेन्द्र सुवेदी, काठमाडौं
त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयमा अझै ‘सेटिङ’ रोकिएन । सेटिङ मिलाएर नेपाली युवाको तस्करी गर्ने, सुन र लागुऔषध भित्र्याउने क्रम यथावत रहेको त्यहाँ खटिएका प्रहरीहरू नै बताउँछन् ।
दुई साताअघि घटना र विचारले ‘सेटिङमा दैनिक दुई करोडसम्म लुट्दै अध्यागमन’ समाचार प्रकाशन गरेपछि सेटिङ मिलाउने ३२ जना पक्राउ परेका थिए । त्यसपछि पनि सेटिङ यथावत रहेको एयरपोर्टका जानकारहरूको भनाइ छ ।
भिजिट भिसामा विदेशिने र विदेशबाट आउने व्यक्ति तथा सामान चेकजाँच गर्नेक्रममा त्यहाँ प्रहरी पुग्नु हुँदैन । ‘प्रहरी केही क्षण उभिएमा अध्यागमनका कर्मचारीले गृहमन्त्रालयमा र भन्सारका कर्मचारीले अर्थमन्त्रालयमा खबर गरिहाल्छन्,’ एक प्रहरी भन्छन्, ‘प्रहरी आएर काम गर्न दिएन भनी चुक्ली लगाउँछन् ।’ प्रहरी त्यहाँ रहँदा सेटिङको काम नहुने भएकोले त्यहाँ प्रहरीहरू उभिन पनि पाउँदैनन् ।
एयरपोर्ट र भन्सारमा प्रहरीलाई प्रवेशमा रोक लगाइएको छ । त्यहाँ सुरक्षाको लागि मात्र प्रहरी परिचालित छन् । ठूलो संख्यामा नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान र सशस्त्र प्रहरी परिचालित भएपनि उनीहरूले अधिकार नपाउँदा गृह र अर्थ मन्त्रालयका कर्मचारीको मिलेमतोमा मानव तस्करीदेखि सुन, चाँदी, लागुऔषध तस्करी निरन्तर चलिरहेको छ ।
‘विमानस्थलभित्र सबै जाँच पूरा नभएसम्म प्रहरीले प्रवेश नै पाउन्न । प्रहरी नभएकोले भन्सारमा सुरक्षा जाँच हुने कुरै हुन्न । अध्यागमनले डिपोट र ओभर स्टेमात्र हेर्ने हुँदा राम्रो सर्भिलेन्स हुन सकेको छैन’, प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक (एआइजी) उत्तमराज सुवेदी भन्छन् । एआइजी त्यहाँ भएका क्लोज सर्किट (सिसी) क्यामरा पनि बिग्रिएका र आवश्यक स्थानमा त्यस्ता क्यामरा पनि जडान नभएको बताउँछन् । प्रहरीले एयरपोर्टबाट बाहिरिएका केही आक्कलझुक्कल सामानमात्र बरामद गर्ने गरेको छ ।
अध्यागमनको सेटिङबाट केटी भए ३५ हजार र युवा भए ७० हजार रुपैयाँ लिएर भिजिट भिषामा नेपाल युवायुवति विदेश पठाउने गरिएको छ । दैनिक ५ सय जनासम्म यस्तो भिषामा विदेशिने गरेको पाइन्छ । जसका कारण अध्यागमनका कर्मचारीले दैनिक २ करोडसम्म कमाउने गर्दै आएका छन् ।
प्रतिक्रिया