चाबहिल अपहरण प्रकरण : चार जना पक्राउ

चाबहिल अपहरण प्रकरण : चार जना पक्राउ


राजधानीको चाबहिलमा अपहरण गरेर रकम असुल्ने चार जना पक्राउ परेका छन् । काठमाडौंको चाबहिलबाट एक व्यक्तिलाई अपरहण गरी साढे १३ लाख रुपैयाँ असुलेको आरोपमा चार जना पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा काठमाडौंको माकलबारीका ४२ वर्षका तेजमान तामाङ र २६ वर्षीय सौगात तामाङ छन् । यस्तै थलीका ३२ वर्षीय कर्माछेवाङ थिङ र ३८ वर्षीय सम्राट भन्ने वीरे तामाङ रहेको प्रहरीले जनाएको छ । उनीहरु सिन्धुपाल्चोकबासी हुन् ।

यही मंसिर १० गते यो समूहले रसुवाकि हिस्सी थाया तामाङलाई चाबहिलबाट अपहरण गरेको थियो । समूहले तामाङलाई ट्याक्सीमा राखेर जंगलको बाटोहुँदै त्यस दिन राति गागलफेदीको होटलमा राखेका थियो । तामाङको चेक प्रयोग गरेर १३ लाख ५० अपहरणमुक्त भएपछि उनी प्रहरीको शरणमा पुगिन र प्रहरीले समूहका ४ जनालाई नै पक्राउ गरेको हो ।