अनलाइन मार्फत ठगी : यादव पक्राउ

अनलाइन मार्फत ठगी : यादव पक्राउ


अनलाइनको प्रयोग गर्दै ठगी गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ । धनुषाको जनकपुर-१४ का २१ वर्षीय भाग्यनारायण यादव पक्राउ परेका हुन् । उनलाई काठमाडौंको जडिबुटीबाट प्रहरीले नियन्त्रण्मा लिएको हो ।

यादवले पीडितले प्रयोग गर्ने मोबाइल नम्बरमा अननाउन सोर्सक भएका युएलआर लिङ्क एसएमएसमार्फत पठाएर सोहि लिंकको एसेस लिँदै पीडितको बैंक खातामा अनाधिकृत रुपमा पहुँच पुऱ्याइ खातामा भएको मौज्दात रकम अन्यत्र बैंक खाता तथा वालेटमा ट्रान्सफर गरी रकम लिई अनलाईन मार्फत ठगी गर्ने गर्दै आएका थिए । उनलाई थप अनुसन्धान काठमाडौं प्रहरी परिसरमा भइरहेको छ ।