प्रहरीलाई सकारात्मक सोच तथा तनाव व्यवस्थापन सिकाइ

प्रहरीलाई सकारात्मक सोच तथा तनाव व्यवस्थापन सिकाइ


सकारात्मक सोचका अभियन्ता पर्यटन व्यवसायी कर्ण शाक्ले ललितपुर प्रहरीका अधिकारीदेखि जवानसम्मलाई सकारात्मक सोच तथा तनाव व्यवस्थापन सिकाइ प्रस्तुत गरेका छन् ।

शुक्रबार (आज) बिहान ८ बजेदेखि १०बजेसम्म यस प्रहरी परिसर ललितपुरको समन्वयमा कार्यालयको प्राङ्गणमा कर्ण सकारात्मक कोष, सकारात्मक सोच अभियानका संस्थापक संरक्षक शाक्यले कार्यालयका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालको उपस्थितिमा कार्यालय तथा मातहत कार्यरत प्रहरी कर्मचारीहरुलाई सकारात्मक सोच, तनाव व्यवस्थापन र सार्वजनिक व्यवहार सम्बन्धी Motivational Speech दिए ।

कार्यक्रममा कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक खनालले समीक्षात्मक टिप्णी गर्दै यस कार्यालय तथा मातहतमा कार्यरत प्रहरी कर्मचारीहरुलाई सकारात्मक सोच, तनाव व्यवस्थापन र सार्वजनिक व्यवहार सम्बन्धी सिकाई प्रस्तुत गरेकोमा शाक्यलाई कदरपत्रसहित धन्यवाद दिएका छन् ।