लेवननमा शान्ति सेना बदली

लेवननमा शान्ति सेना बदली


संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि United Nations Interim Force in Lebanon मा तैनाथ रहन इन्द्रध्वज गण (शान्ति सेना) ६५औँ डफ्फाका २ सय १५ जना नेपाली शान्ति सैनिक सेनानी लक्ष्मण खड्काको नेतृत्वमा काठमाडौँबाट मिसन इलाकातर्फ प्रस्थान गरेका छन् ।

सो मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरेको पुरानो गोरख गणको २ सय १४ जना नेपाली शान्ति सैनिक सम्मिलित अन्तिम टोली गणपति, प्रमुख सेनानी अनिलकुमार बुढाथोकीको नेतृत्वमा स्वदेश फर्किएको छ । मिसनमा नेपाली सेनाका ८ सय ७३ जना शान्ति सैनिक कार्यरत छन् ।